पोखरामा आज बकर–इद उत्साहका साथ मनाइँदै

६ भदौ, पोखरा । इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने...

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध – मुख्यमन्त्री गुरुङ

३० साउन ,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सीमित स्रोत साधनको अधितकतम प्रयोग गरेर जनतालाई गुणस्तरीय एवं छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत पोखरामा स्थापना गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश...

प्रदेश नं. ४ को नाम गण्डकी प्रदेश नामांकरण

२२ असार , बुटवल । प्रदेश नं. ४ को नाम गण्डकी प्रदेश नामांकरण गरिएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकको दुई तिहाइ बहुमतले प्रदेश ४ को नाम गण्डकी नामाकंरण गरेको हो । सहमतिको आधार मा टुगों लगाउनको लागी प्रदेश...

पोखराको पुरानो बजारमा सरसफाइ सम्पन्न

१७ अषार,पोखरा । पोखरामा जारी बृहत् सफाइ अभियान गणेशमानसिंहचोकदेखि गणेशटोल हुँदै सिद्धार्थचोकसम्म सम्पन्न भएको छ । पोखराकै पुरानो बजारका रुपमा प्रख्यात गणेशटोल र रामकृष्ण टोलका झण्डै २ सय ५० वर्ष पहिले निर्मित वास्तुकलायुक्त घरहरु पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन् । ‘हप्तामा...

बुटवलमा अनमोलको लाइभ कन्सर्ट हुने

१२ असार, बुटवल । दृष्टिविहिन महिलाको सहयोगार्थ बुटवल सहित देशका मुख्य ४ शहरहरुमा अनमोल साझ हुने भएको छ । मोनिका इन्टरनेसनल ग्रुपले दृष्टिविहीन महिलाहरुको सहयोगार्थ रकम संकलन गर्न यहि भाद्र ९ गते बुटवलबाट अनमोल साझको सुरुवात गर्न लागेको हो...

करहिया मक्रहर खानेपानी सस्थाको अध्यक्षमा यज्ञ गैरे

९ जेठ, तिलोत्तमा। करहिया मक्रहर खानेपानी उपभोक्ता समिति तथा सरसफाइ सस्थाको अध्यक्षमा यज्ञ गैरे सर्बसम्मत चयन हुनुभएको छ । सस्थाको प्रथम अधिवेशन तथा साधारण सभामा स्थानीय दलका प्रतिनिधि र उपभोक्ता सदस्यहरुबीच सहमति भएपछी गैरे सर्बसम्मत अध्यक्षमा पदमा चयन हुनु...

दोस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्डका लागि पोखरा बाट ४ जना फोटो पत्रकार मनोनित

८ बैशाख, काठमाडौँ ।  ग्लोबल आइएमइ दोस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्डका लागि ११ विधामा पत्रकार मनोनित भएका छन् । मुलुकभरका विभिन्न सञ्चार माध्यममा कार्यरत ५५ फोटो पत्रकार ग्लोबल आइएमई बैँक दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि मनोनित भएका हुन्...

सिक्लेसमा क्होला सोंथर बचाउनका निम्ती बहस

८ वैशाख सिक्लेस । कास्कीको मादीगाउँ पालिकाको आयोजनामा क्होला सोंथरको संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारे इतिहासविद्, सँस्कृतिविद् तथा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मादी १ सिक्लेसमा शुक्रबार भएको सो अन्तरक्रिया कार्यक्रममा तमु संघ संस्थाका...

प्रदेश ४ को सरकारले पारित गर्यो वार्षिक नीति तथा कार्यक्रम

प्रदेश  ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभामा प्रस्तुत नीति तथा...

रिलायन्स पेपरमीलको फोहोर पानीले दानवनदी प्रदूषित

बिन्दु कुमार चौहान १५ चैत, लुम्बिनी । सरोकारवालाको लापर्वाहीका कारण रुपन्ेदहीको मायादेबी गाँउ पालिकाको रमवापुर स्थित रिलायन्स पेपरमीलको कास्टिकयुक्त फोहोर पानीले दानवनदी प्रदूषित भएको छ । लामो समय देखि मील संचालकले खर्च बचाउने उद्देश्यले उक्त मीलबाट निस्केको कास्टिक युक्त फोहोर...