बेनीमा पाँच किलोमिटर दुरीको भाडा १३० रुपैयाँ !

२५ भदौ, म्याग्दी । म्याग्दीस्थित बेनीको महारानी थानदेखि बेनी नगरपालिका-४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा असुलेका हुन्...

भ्रष्टाचार हुने जिल्लाको सूचीमा तनहुँ तेस्रो स्थानमा

२५ भदौ, तनहुँ । गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचार हुने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा तनहुँ भ्रष्टाचार हुने तेस्रो जिल्लाका रुपमा सूचीकृत...

गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजारभन्दा बढी पुग्यो

२४ भदौ, पोखरा । गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त...

भइरहेको जनशक्ति व्यवस्थापन गर्दै जनतालाई उच्चतम सेवा प्रवाह गर्न सक्नुपर्दछ : मन्त्री पुन

२४ भदौ, काठमाडौं। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्रका अस्पतालमा कर्मचारी व्यवस्थापन गर्न समस्या परेको बताएकी छन । अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रमअन्तर्गत न्यूनतम सेवा मापदण्ड फलोअप कार्यक्रमबारे जानकारी दिने उद्देश्यले दमौली अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा...

परम्परागत सेवा प्रवाहले नागरिकका आकांक्षा पूरा हुँदैन : मुख्यमन्त्री गुरुङ

२२ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा विगतको जस्तो परम्परागत सेवा प्रवाहले नागरिकका आकांक्षा पूरा गर्न नसकिने बताएका छन् । निजामति सेवा दिवसको अवसरमा आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलायले पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले निजामती कर्मचारीहरुले बदलिँदो...

कालीगण्डकी प्रसारण करिडोरको वैकल्पिक मार्गको अध्ययन शुरू

२२ भदौ, बेनी । कालीगण्डकी प्रसारण करिडोरको २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइनअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन शुरू गरिएको छ । पोखरेबगरमा स्थानीयवासीले टावर निर्माणमा अवरोध पुर्‍याएपछि सम्भावित टावर निर्माणको स्थानमा अध्ययन शुरू गरिएको...

पर्वतमा १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जमीन अतिक्रमण

२१ भदौ, पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिकामा मात्रै १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जमीन व्यक्तिले भोगचलन गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा १५ हजार २८२ रोपनी जग्गा अतिक्रमणमा परेको तथ्य फेला परेको हो...

यातायात क्षेत्रलाई चाँडै व्यवस्थित गर्छौं : मुख्यमन्त्री गुरुङ

१९ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यातायात क्षेत्रलाई चाँडै व्यवस्थित गरिने बताएका छन् । संघ सरकारले अझै यातायातसम्बन्धी ऐन निर्माण नगरेकाले प्रदेशले सोही ऐन पर्खिरहेको उनले बताए । गण्डकी ट्रक व्यावसायी संघको २० औं अधिवेशनको उदघाटन...

आन्तरिक पर्यटन भ्रमण वर्ष सफल बनाउन उपसमिति गठन

१३ भदौ, काठमाडौं । गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सफल बनाउन सबै जिल्लामा उपसमिति गठन गरिने भएको छ । सन् २०१९ मा १५ लाख पर्यटक भित्र्याउने उद्देश्यसहित प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष...

उत्पादनमुखी लगानीले मात्र मुलुक समृद्ध बन्छ : योजना मन्त्री गुरुङ

७ भदौ, पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उत्पादनमुखी लगानीले मात्र मुलुक समृद्ध बन्ने बताएका छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभाको शनिवार उद्घाटन गर्दै मन्त्री गुरुङ रेमिट्यान्स र घरजग्गा किनबेचले...