गण्डकी बिकाश बैंक लिमिटेडको यस बर्ष २४ वटा शाखाहरु बिस्तार गर्ने लक्ष्य

बुलेटिन संवाददाता
२३ माघ २०७४, मंगलवार ११:२३

२३ माघ, बुटवल । गण्डकी बिकाश बैंक लिमिटेडले ग्रामिण क्षेत्रमा बैकिङ पहुँच पु्याउन शाखा विस्तार योजना अगाडि सारेको छ । ग्रामिण क्षेत्रमा रहेका जनताहरुलाई बैकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैकले शाखा विस्तार योजनालाई तिब्र पारेको हो । बैंकले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी यस बर्षमा मात्र २४ वटा शाखाहरु बैंकले थप गर्ने योजना रहेको बताए ।

बंैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले पोखरामा केन्द्रीय कार्यालय रहेको बैकले ग्रामिण क्षेत्रमा २४ वटा शाखा विस्तार गर्ने र रुपन्देहीमा अझै ३ वटा शाखाहरु सञ्चालन गर्ने तयारी रहेको बताए ।

अहिले रुपन्देहीमा ७ वटा शाखा सञ्चालनमा रहेका छन । १ अर्ब ८३ करोड चुक्ता पुजी रहेको बैंकले आर्थिक बर्ष ०७३÷)७४ को बोनस सेयर बाट पुजी बढाउने योजना अन्र्तगत चुक्ता पुजी २ अर्ब ७० करोड रुपैया पुराउने उनको भनाई छ ।

बैंकका अध्यक्ष जगनबहादुर गुरुङले रुपन्देही जिल्लालाई बैंकले विशेष प्राथमिकता दिएको भन्दै जनताको सेवा सुविधाका लागि बैंक प्रतिबद्ध रहेको उनले बताए । बैंकले ५३ वटा शाखा र १९ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको बताउँदै उनले जनताको भावना अनुसार बैकिङ सुविधा थप गर्दै लैजाने बताए ।

बैंकले सेवा बिस्तारको क्रममा हिजो मात्र रुपन्देहीको कञ्चन गाउंपालीका बेलवरीया र सियारी गाउंपालिका अमुवामा नयांँ शाखा सञ्चालन गरेको बैंकका क्षेत्रीय प्रवनधक मिलनकुमार पुनले जानकारी दिए ।

बैंकले आ.व. २०७४÷७५ को दोस्रो त्रैयमासमा संचालन मुनाफा रु. ३२ करोड आर्जन गर्न सफल भएको छ , भने सोही अवधी सम्म निक्षेप रु. १९ अर्ब ९२ करोड पु¥याएको छ । बैंकले कर्जातर्फ रु.१७ अर्ब ५६ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा न्यून रहेको छ । वैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न शाखामा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा  बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ । भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आबद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।