निशानको स्मार्ट वोल्डर न्यू टेरानो अब बुटवलमा पनि

बुलेटिन संवाददाता
१८ माघ २०७४, बिहीबार १९:४५

माघ १८, बुटवल । निशान कम्पनीको नया कार स्मार्ट वोल्डर न्यू टरानो बिहिबार बुटवलमा लन्चि¨ भएको छ । सो कारको पाईनियर मोटो कर्पका भाईस प्रेसिडेन्ट धिरेन तामाङ्गले अनावरण गर्दै लन्चिङ गरेका हुन । न्यु टेरानोलाई हाइवे अटोभिल्लाले बुटवलमा ल्याएको हो ।

हाइवे अटोभिल्लाका अध्यक्ष दिपक श्रेष्ठले टेरानोमा न्यू प्रिमियम डुअल टोन इन्टेरियम , क्रुज कन्टोल, लेदर सिट, स्टेरिड माउण्टेन अडियो तथा फोन कन्टोल र वान टच लेन इनिडकेटर , एन्टि पिच डाइभर साईड विन्डो, न्यु स्टेरिङ ह्विल लगायतका बिभिन्न २२ बिशेषता रहेको लन्चिङका अबसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । काठमाण्डौमा लन्चिङ भएको २ हप्तापछि आज बुटवलमा टेरानोको बिक्रि शुरु गरिएको हो ।

नेपाली बजारमा पेट्रोलबाट चल्ने एक्स.एल. को मुल्य ४२ लाख ९९ हजार र डिजलबाट चल्ने एक्स भि. डि .पि. ११० पि. एस. को मुल्य ५३ लाख ९९ हजार रहेको सो कारको खरीदमा हाल १ लाख ५० हजार सम्म छुटको ब्यावस्था समेत रहेको छ । पार्टस्हरुको सुलभ उपलब्धता र दक्ष मेकानिक्स्द्धारा मर्मतको ब्यावस्था रहेकाले ढुक्क भएर टेरानो खरीद गर्न हाईवे अटो भिल्लाका डाईरेक्टर दिनेश कुमार श्रेष्ठ ग्राहकहरुलाई अग्रह गरे ।

टेरानोको सडकमा बोल्ड उपस्थितिले अन्य गाडिहरुमा भन्दा पृथक अनुभति दिने पाईनियर मोटो कर्प प्रालिको सिनियर म्यानेजर सुरेन्द्र कुमार केसीले दाबी गरे ।