निति तथा कार्यक्रम निर्माणमा बुटवल उपमहानगरको सात महिना

बुलेटिन संवाददाता
१५ माघ २०७४, सोमबार १४:२४

माघ, १५ बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरप्रमुखमा निर्वाचित भएर आएपछि हालसम्म गरिएका कार्यक्रमहरु सार्वजनीक गरेका छन ।

नगर कार्यापालीका हलमा पत्रकार सम्मेलन गरी उनले निति कार्यक्रम बनाउदैमा ६ महिना बितेको बताए । उनले प्रथम नगरसभाले आर्थिक वर्ष २०७४ र ०७५ को लागि १ अर्व ६३ करोड ३५ लाख ७८ हजार ८ सय ५ रुपैंयाको बजेट तथा कार्यक्रम पारित गरेको उल्लेख गर्दै ति कार्यक्रमको कार्यान्वयनको लागि आवश्यक निती निर्माणमा अहिलेसम्मको समय खर्चिएको बताए ।


बिवादित बिषयलाई समन्वय गरि कार्यान्वयनको चरणमा ल्याई पु्याउन सफल भएको भन्दै एडिबिको लगानिमा संचालन हुने फोहोर प्रसोधन केन्द्र र खानेपानी अयोजनाको कामले अव पूर्णता पाएको जानकारी दिए ।
बुटवल अटोभिलेजको महत्वपूर्ण अयोजना बाट भने एडिबिले हात झिकेको छ ।

सुवेदीले केन्द्रीय सरकारलाई अटोभिलेजमा लगानी गर्न आग्रह गरिएको जानकारी दिए । त्यसै गरी उनले नगरमा बढ्दो सावरी चापलाई मध्यनजर गरी वाईपास रोड बनाईने बताए । जितगढि किल्ला लाई संरक्षण गर्ने र हिलपार्कमा बिश्वकै ठुलो गौतम बुद्धको मुर्ति बनाउने योजनाको पनि फिरेस्त सुनाए ।

नौ बर्ष देखी निर्माण भएर पनि संचालनमा नआएको बधसालाले केही समयमा पछि मासु व्यवसायी संगको सहकार्यमा संचालन हुने उनको भनाई छ । सबै क्षेत्र जस्तै पत्रकारहरुको सल्लाह सुझावको उनले अपेक्षा गरे ।
उनले बुटवल फुलवारीमा भारतीय पूर्व सैनिकहरुका लागि स्थायी पेन्सन क्याम्प बनाउने विषयलाई सम्वेदनशील रुपमा लिएको भन्दै महत्वपूर्ण क्षेत्रलाई संरक्षण र सम्वद्र्वन गर्नुपर्ने भनाई राखे ।