बुटवल टुडेले मनायो छैठौं बार्षिक उत्सव

बुलेटिन संवाददाता
५ माघ २०७४, शुक्रबार १२:००

स्थानिय तहको छ महिना अन्तरसंवादा, उत्कृष्ठ संवादादाता र कर्मचारी पुरस्कृत

५ माघ, बुटवल । बुटवल पब्लिकेशन प्रा.लि. द्वारा प्रकाशित बुटवल टुडे राष्ट्रिय दैनिककाले स्थापनाको पाचौ बर्ष पुरा गरी छैठौ बर्षको अवसरमा स्थानिय तहको छ महिना विषयम अन्तरसंवाद कार्यक्रम गरेको छ ।

विगत बर्षहरुमा जस्तै यस बर्ष पनि अन्तरसंवाद र मुल कार्यक्रम गरी दुई चरणमा बार्षिक उत्सव मनाएको छ । शुक्रवार प्रेस काउन्सीलका कार्यावाहक अध्यक्ष किशोर श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको विशिष्ठ आतिथ्यतामा मुल कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सीलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारिता काठमाण्डौका पत्रिकाहरु भन्दा कमी नभएको भन्दै पत्रकारिता लोभी र कन्जुस पत्रकारिताबाट अगाडी बढेको जानकारी दिए । उनले अवको पत्रकारिता खुल्ला पत्रकारिता भएको भन्दै खुल्ला हृदयको पत्रकारिता गर्नुु आवश्यक रहेको बताएका थिए ।

प्रिन्टी मिडिया डाईनोशर हुदै गएको बेला बुटवलमा स्थापना भएको पत्रिकाले एउटा ईतिहास उल्लेख गरेको जानकारी दिए । अव केन्द्रको अधिकार गाउ गाउमा आएको भन्दै स्थानिय सरकार र सञ्चारको विषयमा पेस काउन्सीलले अभिमुखिकरण प्रदान गर्नथालेको जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द प्रसाद आचार्यले मोफसलबाट पनि राजधानीका मिडियासंग प्रतिपष्र्धा गर्न बुटवल टुडेले सकेको धारणा राख्दै आगामी दिनमा पनि यस्तै प्रकृतिको उत्साह आवश्यकता रहेको बताएका थिए ।


काठमाण्डौभन्दा बाहिर रहेर धेरै साधान स्रोतको अभावमापनि पत्रिका सञ्चालन गर्नु चुनौतिक पुर्ण रहेको भन्दै उनले चुनौतिपुर्ण कार्य नै नमुना योग्य काम भएको बताएका थिए । उनले चुनौतिहरुको सामान गरेर अगाडी बढेर सबैसामु पत्रिकाले उदाहरण पेश गरेको धारणा राखे ।
पछिल्लोसमयमा सरकार विभाजन भई ७ सय ५३ वटा सरकार रहेको प्रेस मैत्री स्थानिय सरकार बन्नु पर्नेमा जाड दिदै स्थानिय संरचना र सरकार बन्दा प्रेस मैत्री बन्नुको विकल्प नभएको उनको भनाई रहेको थियो ।

सञ्चार क्षेत्रको तह तल्लो तह सम्म पुग्ने गरी संरचना विकास भएको जानकारी दिदै उनले स्थानिय तहबाट सञ्चार क्षेत्रको मुल्यांकन, प्रेस प्रतिनिधी परिचय पत्र लगायतको व्यवस्थापन गर्न अझै नसकिएको बताएकाथिए । मिडियालाई वाच डगको रुपमा विकास भएको जानकारी दिदै आगामी दिनमा आलोचनात्कम रचनात्मक भुमिका मिडियाले खेल्नुपर्ने बताएका थिए ।

नेपाली पत्रकारिातमा चुनौतिहरु धेरै रहेको भन्दै त्यसयलाई सामान गर्ने संयन्त्र समेत नेपालीमिडियाहरुले बनाउदै गएको उनको धारणा रहेको थियो । उनले भने–‘जनतालाई साछी राखेर मिडियाको कमी कमजोरी के के हुन भन्ने विषयमा पत्रकार महासंघले समेत अभियान चलाउने थालनी गरेको छ । ’

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले मिडियाले सामाजिक सद्भाव कायम गर्नको लागि विशेष भुमिका खेल्ने भन्दै एक ढिक्का भएर समाज परिर्वतनगर्नु आवश्यक रहेको धारणा राखे । अवको पत्रकारिता खोज पत्रकारिता भएको भन्दै उनले सबैले खोज पत्रकारिताको माध्यमबाट समाजमा लकेर रहेका कुराहरुलाई अगाडी बढाउनुपर्ने बताए । उनलेभने –‘पत्रकारिताको मर्यादालाई मुल धर्म राखेर सबै मिडियाकर्मीहरुले पत्रकारिता गर्नुपर्दछ । ’ मिडियाहरु एक ढिक्का भएर अगाडी बढ्नुको विकल्प नभएको भन्दै उनले समुन्नत नेपाल निर्माणकोलागि ठोस रुपमा मिडियाहरु लाग्नुपर्ने उनको धारणा रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष हरि प्रसाद अर्याल ले बुटवल टुडेले फरक खालको पत्रकारिता गरेको भन्दैले यसले पाठक, पत्रकारिता गर्ने व्याक्तिहरुलाई समेत उदाहरण पेश गरेको बताएका थिए । उनले विकास र सामाजिक पत्रकारितालाई समाजले चाहेको भन्दै सोही अनुसार नै आगामी दिनमा कार्य अगाडी बढाउन बुटवल टुडेलाई सुझाव दिए ।

कार्यक्रममा उत्कृष्ठ संवाददाता, वितरक,लेखक लगायतका पुरस्कृत गरिएको थियो । लेखक तर्फ झपेन्द्र जिसी पाल्पा, संवाददाता तर्फ सिताराम चौधरी, वितरक तर्फ शेखर पन्थी बुटवल र पुष्पा नेपाली दाङ्गलाई पुरस्कृत गरिएको थियो । बजार व्यवस्थापन उत्कृष्ठ दुर्गा आले भैरहवा शाखा प्रमुख, भाषा सम्पादनमा बाबुराम भुषाल लाई पुरस्कृत गरिएको बुटवल टुडेका प्रबन्ध सञ्चालक नवराज कुवरले जानकारी दिए ।
कार्यक्रममा बुटवल टुडेले स्थानिय सरकार को ६ महिना को विषयमा अन्तरसंवाद कार्यक्रम गरेको छ । कार्यक्रममा रुपन्देहीका १ वटा उपमहानगरपालिका, ५ वटा नगरपालिकाका प्रमुखहरुको सहभागीता रहेको थियो ।


पत्रिका का सम्पादक कृष्ण मल्लको संयोजकत्वमा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगर पालिकाका मेयर शिवप्रसाद सुवेदीले समग्र बुटवलको योजनावद्ध रुपमा दिगो बिकासमा लाग्ने बताए । उनले जनताले चाहे जस्तो बिकास गर्न नसकेको स्विकार गर्दै अबका दिनमा बुटवलको बिकासमा तत्पर भएर लाग्ने बताए ।

तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बोल्दै तिलोत्तमा नगर पालिकालाई स्मार्टसिटी, मेगासिटी भन्दा पनि सुन्दर सिटीको रुपमा बिकसित गर्ने बताए । सरकारले रुपन्देहीलाई प्रदेशको राजधानी तोकिसकेको अवश्थामा बुटवल देखी बेलहिया सम्मको क्षेत्रलाई महानगरको रुपमा बिकसित गर्न आवश्यक रहेको उनले बताए । घिमिरेले बुटवलमा मात्र नभई रुपन्देहीमा राजधानी तोकेकोले महानगरपालिका आवश्यक रहेको बताए । भावी दिनमा सबै कामलाई ब्यवस्थित गर्दै लौजने उनले प्रतिवद्धता जनाए ।

यसै गरि सैनामैना नगर मेयर चित्रबहादुर केसीले सैनामैना अहिले बृहत गुरुयोजना बनाई योजनाहरु कार्यान्वयनमा ल्याउने बताए । स्मार्टसिटीको सपना अहिले नै नहेरेको रत्यस अघिका भौतिक आवश्यकताहरुमा ध्यान दिने केसीको भनाई थियो ।

सिद्धार्थनगर नगर पालिकाका मेयर हरिप्रसाद अधिकारीले भैरहवाको सडक, नाली, बिद्युत लगायतका बिकासमा ध्यान दिइएको बताए । उनले भैरहवालाई पर्यटन मैत्री बनाउन स्थानिय डण्डा खोलामा डुंगा र लुम्बिनी रोडमा रहेको लुम्बिनी गेटलाई आधुनिकिकरण गरिने बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले लुम्बिनीको समग्र बिकासमा काम गरेको दावी गरे । प्रत्येक वडामा बिपन्न नागरिकलाई शौचालय निर्माण गरि चाडै नै नगरलाई खुल्ला दिशामुक्त गरिने उनको दावी थियो । स्थानिय तहको बिकासको लागी अहिले पनि स्पष्ट कानुन बनि नसकेको अवस्थाका कारण नगरको बिकास अपेक्षित रुपमा गर्न नसकिएको उनिहरुको तर्क रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शेर बहादुर केसी, बरिष्ठ पत्रकार अर्जुन ज्ञवाली, अधिवक्ता बाबुराम पाण्डे लगायतले बोल्दै अहिलेको कर्मचारीहरु निर्णय प्रक्रियामा हावी भएको कारण अपेक्षित बिकास हुन नसकेको र यस्तै रहे यो स्थानिय प्रतिनिधिको लागी घातक हुने बताए । नगरहरुको बिकासमा भन्दापनि दिगो बिकासका योजनाहरु ल्याउन आग्रह गरे ।