प्याब्सन तिलोत्तमामा शुभकामना आदान-प्रदान सम्पन्न

बुलेटिन संवाददाता
२२ आश्विन २०७८, शुक्रबार १८:५६

निजि तथा आबासिय विद्यालय अर्गनाइजेशन प्याब्सन तिलोत्तमा नगर समितिको बृहत भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
नेपालीहरुको महान पर्व बडा दशैँ, दिपावली, छठ तथा नेपाल संवतको अवसरमा प्याब्सन तिलोत्तमाले शुभकामना आदान प्रदान गरेको हो ।

सो अबसरमा प्याब्समा आबद्ध विद्यालयसंग सम्बन्धि तथ्यांकहरु संकलन गर्नुका साथै तिलोत्तमामा शैक्षिक अनुसन्धान केन्द्र स्थापना गर्दै संगठनमा आबद्ध सदस्य विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको पेशागत तथा शैक्षिक स्तरोन्नतीका लागि रचनात्मक कार्यक्रमहरु संचालन गर्ने लगायतका निर्णय समेत गरिएको संगठनका संञ्चार संयोजक तथा ज्ञानगंगा पाठशालाका प्राचार्य चन्द्र अधिकारिले जानकारि दिनुभयो ।

प्याब्सन तिलोत्तमाका अध्यक्ष के.एन. सागर ज्ञवालीको अध्यक्षता, प्याब्सन केन्द्रका प्राज्ञिक सल्लाहकार कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यता र संगठनका सचिव किरण गौतमको संचालनमा सम्पन्न कार्यक्रममा प्रदेश समितिका प्राज्ञिक सल्लाहकार दामोदर भुषाल, नगर समितिका प्रमुख सल्लाहकार डि.बि. थापा, , नगर समितिका प्राज्ञिक सल्लाहकार दिपक गौतम लगायतका बिभिन्न बिद्यालयका प्राचार्यहरुको सहभागिता रहेको थियो ।