कांग्रेस महाधिवेशन : बुटवलमा सभापतिका लागि पाण्डे र केसीद्धारा उम्मेद्वारी दर्ता

बुलेटिन संवाददाता
९ आश्विन २०७८, शनिबार ११:५२

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिएका जिल्लामा पालिका अधिवेशन शुरू भएको छ । नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका अनुसार गत भदौ १८ गते वडा अधिवेशन भएको रुपन्देही जिल्लाका १६ स्थानीय तहमा बिहान ८ बजेदेखि पालिका अधिवेशन शुरू भएको हो ।

यसैबीच रुपन्देहीको एक मात्रै उपमहानगर बुटवलमा पनि दुबै पक्षले आ आफ्ना उम्मेद्वारी दर्ता गराएका छन् । बुटवलको दीपनगरमा रहेको रहेको सिद्धेश्वर लालकुमारी माविमा सुरु भएको निर्वाचनको लागि देउवा पक्षबाट रिता केसी र पौडेल पक्षबाट खेलराज पाण्डेले प्यानल सहित उम्मेद्वारी दर्ता गराएका छन् ।

पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिव छाँया पोखरेलर गंगा पन्थी, सहसचिव देवलाल अरगेली र पुरुषोत्तम खनाल रहेका छन् ।

यसैगरि केसी प्यानलमा उपसभापतिमा नरबहादुर रजाली मगर र हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल र जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र गणेश घिमिरे रहेका छन् ।

निर्वाचनको लागि उपनगरका ५ सय ८४ जना क्षेत्रिय प्रतिनिधिले भाग लिन पाउने छन् ।