सीता मृत्यु प्रकरण: कांग्रेस तिलोत्तमा ५ द्धारा घटनाको सुक्ष्म अनुसन्धान गर्न माग

बुलेटिन संवाददाता
२९ भाद्र २०७८, मंगलवार ११:०१

सीता भण्डारी मृत्यु प्रकरणमा कांग्रेस तिलोत्तमा ५ ले घटनाको सुक्ष्म अध्ययन गरि दोशीलाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ । कांग्रेस वडा समितिले एक विञप्ति जारी गर्दै पिडित परिवारलाई न्याय दिलाउन माग गरेको हो ।

तिलोत्तमा नगरपालिका वाड नं.५, मणिग्राम कफिकम्पनी घर भएकी र यसै नगरपालिकाको वाड नं.८,चार नम्बरमा माइती घर भएकी, झण्डै २७ वर्ष को कलिलो उमेरकी सीता भण्डारी पौडेलका भाद्र २० गते राती आफ्नै घरमा भएको असामयीक , अस्वभाविक र रहस्यमय मृत्युको घट्ना प्रति हामी वडा बासी तथा नेपाली काङ्ग्रेस वडा नं.५ कार्यसमिति परिवार निकै दुखी र स्तब्ध भएका छौ बिज्ञप्तिमा भनिएको छ, उक्त घट्नाको निष्पक्ष र विश्वसनीय रुपमा छानविन भै सत्य तथ्य अगाडि आउने र दोषीलाई कडा भन्दा कडा कार्वाही हुने कुरा प्रति समग्र तिलोत्तमा वासी ढुक्क हुन सकेको अवस्था छैन।

सो पार्टिले सामाजिक न्याय र मानवीयतासंग जोडिएको यस्तो घट्नालाई अत्यन्त गम्भिरताका साथ लिन, घट्नाको सुक्ष्म अध्ययन अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याई पिडित परिवारलाई न्याय दिलाउन तत्काल पहल गर्न माग गरेको  ।