कुशे औंसी एवं बुबाको मुख हेर्ने दिन

चक्रपाणी डुम्रे (शास्त्री)
२२ भाद्र २०७८, मंगलवार ०८:०९

बुटवल ।  भाद्र कृष्णपक्षको अमावस्यालाई कुशे औंसी भनिन्छ । कुश एक प्रकारको तृण वा घास हो । हिन्दु धर्मका दैविक वा पैतृक हरेक कार्य कुश बिना सम्पन्न हुन सक्दैन । कुशलाई भगवान विष्णुको प्रतीक पनि मानिन्छ ।

कुशलाई धार्मिक एवम् पितृकार्यका निन्तीअति आवश्यक र पवित्र वस्तु मानिएको छ । यस दनि ब्राह्माणले शास्त्रोक्त विधि अनुसार पूजा गरी शुद्धभूमिमा उम्रिएको कुशच्छेदन गरेर घरमा ल्याउँछन्। घरमा कुश राख्नाले वर्षभर अशान्ति हुँदैन र सर्वत्र कल्याणमय वातावरण कायम रहन्छ भन्ने विश्वास गरिन्छ ।

पौराणिक मान्यता अनुसार जालन्धरकी पत्नी वृन्दाको सतीत्वलाई विष्णुले छल गरेर हरण गरेपछि बृन्दाले विष्णुलाई श्राप दिदैं  रुख , पत्थर , घास र झारपात हुन परोस् भनेकी थिईन । त्यसैले शालिग्राम, पीपल , तुलसी ,कुशलाई वष्णिुकै प्रतीक मानिन्छ । कुशको महत्व ठुलो छ। यसै दिन कुसलाई वधिपिूर्वक जरैबाट उखेलेर घरघरमा भित्रयाईन्छ र वर्षभरिका चाडपर्व ,व्रत , पूजा ,संस्कार गर्दा प्रयोग गरिन्छ । आधुनिक विज्ञान अनुसार पनि कुशको महत्व धेरै भएको कुरा सिद्ध छ । दैनिक आधा घन्टा कुशको आसनमा बस्दा रक्तचाप को समस्या नहुने अनि कुशको जराले छाला सम्बन्धि चर्म रोग निको हुन्छ । कुशमा कुनै प्रकारको किरा नलाग्ने हुदा पनि  कुश पबित्र मानिन्छ ।

“स्नाने दाने जपे होमे स्वाध्याये पतिृकर्मणी।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभविादने।।”
स्नान, दान,जप, होम, पाठपूजा पतिृकार्य तथा सन्ध्या गर्दामा कुश अनिवार्य हुन्छ ।
” ॐ वरिन्चिनिा सहोत्पन्न परमेष्ठनिसिर्गतस्।
नुद सर्वाणी पापानी दर्भ स्वस्तकिरो भव ।
ॐ हुं फट् स्वाहा।। यो मन्त्रले कुस ग्रहण गरिन्छ ।। “कुशास् काशास् शरा दुर्वा यवगोधूमबल्वजास्।।
सुवर्णां रजतं ताम्रं दशदर्भास् प्रक्रीर्ततिास्।।”

अर्थात् कुश, काश, शिरु, दुबो,जौ, गहू, बाबियो, सुन,चादी र तामा यी दश वस्तुलाई दर्भ भनिन्छ । कुशको अभावमा यी वस्तुलाई प्रयोग गरन्छि ।

कुशेऔंसी लाई पतिृऔंसी पनि भन्ने गरिन्छ । कुशे औँसीलाई पितृकार्यका निम्ती अत्यन्त उत्तम तिथि मानिन्छ ।  यस दिन आफ्ना छोराछोरी आफ्ना बाबुको मुख हेर्न विभिन्न फलफूल, मिठाई, कपडा लिएर आउँछन् ।  विवाह भएर गएका छोरीहरु पनि आफ्ना बाबुको मुख हेर्न आफ्नो माइतघर आउँछन् । छोराछोरी दुवैले आफ्ना पिता प्रति श्रद्धाभाव  प्रकट गर्छन् । पारिवारीक आत्मीयता र स्नेह सम्बन्धलाई प्रगाढ बनाई आफ्नो जन्मदाताको सम्मान गर्न सकिने पर्व पनि हो ।

यसै दिन काठमाडौँको वागमती नदीको किनारमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिरमा धूमधामसँग मेला लाग्छ । जहाँ टाढाटाढाबाट थुप्रै भक्तजन आफ्ना मृत पिताको आत्माको तृप्तचिर शान्तिका निम्ती श्राद्ध एवम् तर्पण गर्न आउँछन् । स्त्री पुरुष सबैले वाग्मतीमा स्नान गरी मृत पिताहरुलाई श्रद्धाञ्जली अर्पण गर्छन् । यश दिन गरेको दानतर्पण, श्रद्धा र सदाव्रतको फलस्वरूप मृत पिताको आत्माले शान्ती प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ ।

यो दिन पितालाई मान्ने गरिन्छ । आफ्नो बुवालाई मिठामिठा परिकार खुवाउने , बुवा दिवंगत हुनेहरुले  पिण्डदान, सिदादान तर्पण आदि गरेर बुवालाई सम्झने गर्दछन् । तसर्थ कुशेऔंसी पनि हाम्रो महत्त्वपुर्ण चाड अन्तर्गत पर्दछ । इति

लेखक नेपाल ज्योतिष परिषद् रुपन्देहीको अध्यक्ष पनि हुन् ।