एनसिएसएस रुपन्देहीद्वारा क्रीकेट प्रशिक्षक जङ्गबहादुर थापा सम्मानित

बुलेटिन संवाददाता
२३ श्रावण २०७८, शनिबार २०:३२

बुटवल । नेपाली क्रीकेट समर्थक समाज ( NCSS) जिल्ला समन्वय समिति रुपन्देहीले क्रीकेट प्रशिक्षक जङ्ग बहादुर थापालाइ सम्मान गरेको छ । शनिवार बुटवलमा आयोजित जिल्ला समन्वय समिति रुपन्देहीको पार्चौ बार्षिक साधारण सभाको अबसरमा क्रीकेट समर्थकहरुको सस्था NCSS रुपन्देहीले नगद १० हजार सहित सम्मान गरेको हो । विशेष गरि नेपालको लागि थुप्रै उमेर समुहका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रीकेट प्रतियोगितामा उपाधी जिताउन सफल , क्रीकेटमा नै आफ्नो जिवन समर्पण गरेर थुप्रै खेलाडीहरु लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन ठुलो योगदान गरेको भन्दै सस्थाले सम्मान गरेको हो ।

कार्यक्रममा मन्तव्य राख्दै क्रीकेट समर्थकहरु बाट सम्मानित हुदा आफूलाई निकै खुसी लागेको बताउदै समर्थकहरुको नेपाली क्रीकेटप्रतिको माया सद्भावले नेपाली क्रीकेट थप उचाइमा पुग्न सहयोग हुनुका साथै क्रीकेट तर्फ लागेका व्याक्तिलाइ समेत आफ्नो काम गर्न निकै हौसला हुने बताउनुभएको थियो।

यस्तै जिल्ला समन्वय समितिले लामो समय जिल्लाको नेतृत्वमा रहदै जिल्लालाई नया उचाइमा पुर्याउनु ठुलो योगदान दिनु भएका NCSS रुपन्देहीका सस्थापक अध्यक्ष तारा प्रसाद पाठक र साथै जिल्लाको हरेक सफलतामा सधै कृयासिल रहने सल्लाहकार राजु राना लाई पनि सम्मान गरेको छ। कार्यक्रममा सम्पूर्ण अफिसियल सदस्यलाई प्रमाणपत्र तथा परिचय पत्र बितरण गरिएको थियो

कार्यक्रममा संयोजक मोहन ज्ञवालीले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै जिल्लाले बर्षभरिमा गरेका क्रीकेट गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो । लुम्बिनी प्रदेश संयोजक सागर पङेनी , अर्घाखाँची संयोजक नारायण पान्डे तथा प्युठान संयोजक रिखिराम जिसि उपस्थित कार्यक्रमको संचालन सचिब नारायण अधिकारीले गर्नु भएको कार्यक्रम सम्योजक शिवराज गौतमले जानकारी दिनुभयो ।