बुटवलमा प्रधानन्यायाधीश जवरा र नेता नेपाल विरुद्ध प्रदर्शन

बुलेटिन संवाददाता
३० असार २०७८, बुधबार २१:४६

बुटवल । बुटवलमा नेकपा एमालेको राष्ट्रिय युवा संघ रुपन्देहीले सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध प्रदर्शन गरेको छ । बुधबार साँझ  बुटवलको पुस्पालाल पार्कमा केपी शर्मा ओली पक्षीय युवासँघका कार्यकर्ताहरुले नारावाजी सहित विरोध प्रदर्शन गरेका हुन् । युवासँघका कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल लगायतका विरूद्ध नारावाजी समेत गरेका थिए ।

त्यसैगरी उक्त युवा संघको जुलुसले संसद विघटनलाई बदर गरेर अदातलले राजनीति गरेको भन्दै प्रधानन्यायाधिश जवरा र प्रतिपक्षलाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको भन्दै वरिष्ठ नेता नेपालको पुत्ला जलाएको थियो ।

राँके जुलुस सहितको जुलुसले प्रधान न्यायधिशको पुत्ला जलाए पछि प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो । विरोधीहरु भने पुनः ट्राफिकचोक गएर जुलुस तथा नाराबाजी गरेका थिए । विरोध प्रदर्शनमा युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचन, केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश संयोजक तुलबहादुर अधिकारी केन्द्रिय उपाध्यक्ष सुमन पुरी लगाएतले सर्वोच्च अदालतको निर्णय दलिय व्यवस्था तथा संविधान विपरित भएको भन्दै विरोध गरेका थिए ।