हप्ताको पहिलो दिन आज सुनको भाउ स्थिर

बुलेटिन संवाददाता
२७ असार २०७८, आईतवार ११:५९

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ स्थिर छ । अस्ति जस्तै सुन आज तोलामा ९२ हजार ४ सय रुपैयाँ ताेकिएको छ ।

आज चाँदी भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज १३ सय १५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।