ज्ञानगंगा पाठशालामा अतिरिक्त क्रियाकलाप पनि अनलाइनबाटै

बुलेटिन संवाददाता
२५ असार २०७८, शुक्रबार १८:०४

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको ज्ञानगंगा पाठशालाले अनलाइनबाटै अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको छ । कोरोना भाइरसका कारण समय प्रतिकूल छ भनेर विद्यार्थीको सिकाइ प्रकृयालाई रोक्न नहुने भन्दै विद्यालयले अनलाइनबाटै अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको हो ।

जस अन्तर्गत शुक्रबार पूर्व प्राथमिक तहमा बाल गीत प्रतियोगिता सम्पन्न गरेको छ भने गत बुधबार विभिन्न तहमा वक्तृत्व कला, एकल गायन र ट्यालेन्ट हण्ट कार्यक्रम सम्पन्न गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिलन रानाले जानकारी दिनुभयो ।

कक्षा ८, ९ र १० का विद्यार्थीहरुका लागि आयोजित वक्तृत्वकला प्रतियोगितामा करिश्मा केसी, कृतिका कार्की, समिर आचार्य, प्रशान्त बराली र रेखा कुँवर उत्कृष्ट पाँचमा परेका छन् ।

त्यस्तै ५, ६ र ७ कक्षाका विद्यार्थीहरुका लागि सञ्चालित एकल गायन प्रतियोगितामा एलिजा खत्री, अनामिका सुनार, अंकिता भुसाल, सृष्टि न्यौपाने र बिनु थापाले उत्कृष्ट पाँचको स्थान हात पारेका छन् ।

यसै गरी कक्षा २, ३ र ४ मा सम्पन्न ट्यालेण्ट हण्ट प्रतियोगितामा योजना न्यौपाने, बिन्सु राना, सुशान्त आचार्य, समित पौडेल, दिवस ज्ञवाली, इभा भण्डारी, विधान्त खड्का र अनुस्का भटट्राई उत्कृष्ट आठको स्थानमा परेका छन ।

विद्यालयका प्राचार्य चन्द्र अधिकारीको अध्यक्षता, प्रवन्ध निर्देशक युवराज न्यौपानेको प्रमुख आतिथ्यता र सह प्राचार्य केशवराज पन्तको स्वागतमा सम्पन्न कार्यक्रममा सबै विधामा गरी झण्डै १ सय ५० बढी विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएको विद्यालयले जानकारी दिएको छ । शैक्षिक सत्र २०७८ देखि सो विद्यालय नयाँ शैक्षिक व्यावस्थापन सहित सञ्चालनमा रहेको छ ।