हिजो र अस्ति स्थिर रहेको सुन चाँदीको भाउ आज बढ्यो

बुलेटिन संवाददाता
२२ असार २०७८, मंगलवार १२:१९

काठमाण्डाै – सुन चाँदीको भाउ आज बढेको छ । हिजो र अस्ति स्थिर रहेको सुन चाँदीको भाउ आज बढेको हो ।

तोलामा तीन सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९१ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ बढेर तोलाको तेह्र सय ३० रुपैयाँ पुगेको छ ।

चाँदी हिजो तोलाको तेह्र सय २५ रुपैयाँमा कारोबार भएको थियो ।