मदन भण्डारी स्पोर्टस् एकेडेमीद्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

बुलेटिन संवाददाता
३० जेष्ठ २०७८, आईतवार ०७:०९

तिलोत्तमा । मदन भण्डारी स्पोर्टस् एकेडमी तिलोत्तमा नगर कमिटिले शनिबार नगर क्षेत्रभित्रका प्रहरी चौकिहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोना भाइरसको महामारीका समयमा पनि सुरक्षाकर्मीहरुलाई फ्रन्ट लाइनमा खटेर काम गर्नु पर्ने हुदा संक्रमणको उच्च जोखीम रहने भन्दै एकेडेमीले स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

तिलोत्तमा नगरपालिका भित्र रहेका ८ वटा प्रहरी चौकीहरुमा माक्स, सेनिटाइजर, ग्लोवस् लगायतका सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष मिलन रानाले जानकारी दिनुभयो ।

तिलोत्तमा नगरपालिका अन्तर्गत योगिकुटी प्रहरी बिट, अस्थाई प्रहरी चौकी ड्राइभरटोल, तिलोत्तमा नगर प्रहरी, महुवारी प्रहरी चौकी प्रहरी चौकी चिल्हिया, शशस्त्र प्रहरी बल गंगोलिया, इलाका प्रहरी कार्यालय मंगलापुर, ट्राफिक प्रहरी कार्यालय मंलापुर लगायतका कार्यालयहरुमा स्वास्थ्य सामाग्री वितरण गरिएको संस्थाका सचिव अर्जुन खरेलले जानकारी दिनुभयो । कार्यक्रममा तिलोत्तमा ४ शित्तलकुन्जमा रहेको ज्ञानगंगा पाठशालाले यातायात व्याबस्थापन सहित बिशेष सहयोग गरेको आयोजकले जनाएका छन ।