ज्ञानगंगा पाठशालामा ‘चिकित्सकसंग बालबालिका र अभिभावक’ कार्यक्रम सम्पन्न

बुलेटिन संवाददाता
२९ जेष्ठ २०७८, शनिबार २३:५७

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ शित्तलकुञ्जमा रहेको ज्ञानगंगा पाठशालामा शनिबार चिकित्सकसंग बालबालिका र अभिभावक कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ को महामारिका बिच बालबालिकाको स्वास्थ्य र शिक्षाका सवालमा शिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलका बरिष्ठ बालरोग बिशेषज्ञ डा. बिनोद पराजुलीले परामर्श दिनुभएको हो ।

महामारीले बालबालिकामा पारेको मनोवैज्ञानिक असर र त्यसको व्यावस्थापनका बिषयमा पराजुलिले परामर्श दिनुभएको हो । साथै उहाले बालबालिकाको सिकाई निरन्तरताका लागि अभिभावक र बिद्यालयको जिम्मेबारीका बिषयमा पनि बिशेष जोड दिनुभएको बिद्यालयले जनाएको छ । अनलाइन माद्ययमा संचालित कार्यक्रममा अभिभावकहरुले बिभिन्न स्वास्थ्य समस्याका बिषयमा डा. पराजुलीसंग परामर्श लिनुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक युवराज न्यौपाने, प्राचार्य चन्द अधिकारी लगायतले बोल्नुभएको थियो । ज्ञानगंगा पाठशाला यसै शैक्षिक सत्रदेखि नयाँ शैक्षिक व्यावस्थापनमा संचालनमा रहेको छ ।