नमस्ते नेपालद्धारा फलो अपमा रहेका बिरामीका लागि बुटवलदेखि काठमाण्डौसम्म निशुल्क यातायात

बुलेटिन संवाददाता
२४ जेष्ठ २०७८, सोमबार १२:०७

बुटवल । के तपाई कोरोनाका कारण यातायात बन्द हुँदा भरतपुर र काठमाण्डौका अस्पतालहरुमा फलो अप जान पाउनु भएको छैन ? तपाइकालागी खुसीको खबर छ । भरतपुर तथा काठमाण्डौका अस्पतालमा नियमित जाँच गराउने रुपन्देहीका बिरामीहरुलाई नमस्ते नेपालले निशुल्क यातायातको व्यावस्था मिलाउने भएको छ ।

बुटवलबाट जेष्ठ २५ गतेका दिन बिरामी बोकेर जाने बस २६ गते साझ काठमाण्डौबाट फर्कने छ । एक दिनमै काम सकिएका बिरामीहरु सोही बसमा फर्कन पनि सक्ने नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले जानकारी दिए । यो सेवा कोरोना बाहेकका बिरामीहरुका लागि रहेको पनि खरेलले जानकारी दिए । बिरामीहरुले आफ्नो सिट बुक गर्नका लागी ९८४४७०८७६३ नम्बरमा सम्पर्क गर्न संस्थाले बिभिन्न माद्यमबाट सुचना सर्बजनिक गरिरहेको छ


बिभिन्न क्षेत्रमा समाजसेवाका काम गर्दै आएको नमस्ते नेपालले कोराना भाइरसका कारण प्रभावित बिरामीहरुका लागि निशुल्क यातायात सेवा प्रदान गर्न लागेको हो । लामो समयसम्म फलो आप तथा परामर्श लिन नपाउदा बिरामीहरुको स्वास्थ्य अबस्था थप कमजोर हुन सक्ने र त्यसका कारण शारिरीक तथा मनोबैज्ञानिक रुपमा पनि प्रभाव पर्नसक्ने भन्दै निशुल्क सेवा प्रदान गर्न लागिएको नमस्ते नेपालले जनाएको छ ।