अस्पताल र स्थानीय तहलाई अक्सिजन लायन्सको सहयोग

बुलेटिन संवाददाता
५ जेष्ठ २०७८, बुधबार १५:२४

पाल्पा ५, जेठ ।
सेवा भावनाले स्थापित पाल्पा क्षेत्रका लायन्सक्लवहरू संकटका बेलामा सहयोगमा जुटेका छन् । यसै क्रममा बुधबार पाल्पा अस्पताल तथा विभिन्न पालिकाहरूका लागि पाल्पामा रहेका सम्पूर्ण लायन्स क्लवहरूले (रिफील)अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन् ।

लायन वर्ष २०२१/२२ का श्रीनगर लायन्सका प्रेसिडेन्ट इलेक्ट लायन यादवसिंह कार्कीले ‘हामी सेवा गर्छौं’ भन्ने मुलमन्त्र आत्मसात गरेको पाल्पामा रहेका सम्पूर्ण लायन्स क्लव तथा व्यक्तिगत स्वस्र्फूतरूपमा पाल्पा अस्पताललाई २८७ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको बताउनुभयो ।

पाल्पामा क्षेत्रका लायन्स क्लवहरूद्वारा कोरोना प्रभावित एवम् अन्य रोगसँग जुधिरहेका बिरामीहरूको निम्ती २८७ अक्सिजन रिफिल मध्ये बुधबार जिल्ला अस्पताललाई ५१ वटा सिलिण्डिर हस्तान्तरण गरिएको लायन्स क्लव अफ तानसेन सिटिका अध्यक्ष तथा लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ द्यद्द (बीटु) नेपालका डिष्ट्रिक्ट डिर्पाटमेन्ट चिफ लायन खेम सारुले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिनुभएको छ ।

सोही अवसरमा डिष्ट्रिक्ट चिफ लायन सुशिल प्रधान, अनररी डिष्ट्रिक्ट एडभाइजर लायन डा. पुरन बज्राचार्य, पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले संक्षिप्त शुभकामना मन्तव्य राख्दै संक्रमणका बेला सामाजिक सेवामा सवै सामाजिक संघ संघ संस्थाहरूले सक्रियता जनाउनुपर्ने बताउनुभयो ।

लायन वर्ष २०२१/२२ का पाल्पा लायन्सका प्रेसिडेन्ट इलेक्ट लायन मोहनप्रसाद श्रेष्ठका अस्पताल र स्थानीय तहको लागि विभिन्न लायन्स क्लव तथा व्यक्तिले सहयोग गर्नुभएको छ । जस अन्तर्गत लायन्स क्लव डिष्ट्रिक्ट ३२५ बीटु बाट ४० रिफिल सिलिलिण्ड प्राप्त भएको छ । यस्तै लायन्स क्लव अफ पाल्पाबाट ६०, लायन्स क्लव अफ श्रीनगरबाट ४०, लायन्स क्लव अफ पाल्पा विपनाबाट ५०, लायन्स क्लवअफ रणउजिरेश्वरी, लायन्स क्लव अफ माडी, लायन्स क्लव अफ भैरव, लायन्स क्लवअफ माण्डव्यबाट क्रमश १०, १० सिलिण्डर रिफिल अक्सिजन सहयोग प्राप्न भएको सारुले बताउनुभयो । उहाँले लायन्स क्लव अफ तानसेन सिटीबाट २१, लायन गंगाराम नेपालबाट २१, लायन भवानी शर्मा र लायन बुद्धिप्रसाद शर्माबाट क्रमश ५, ५ सिलिण्डर गरी बुधबारसम्म २८२ अक्सिजन सिलिण्डर सहयोगका लागि जुटेको जानकारी दिनुभयो । श्रेष्ठले विश्वव्यापी कोरोना महामारी नियन्त्रणको लागि रिफिल सिलिण्डर सहयोग गरेको जनाउनुभयो ।

लायन वर्ष २०२१/२२ का पाल्पा लायन्सका प्रेसिडेन्ट इलेक्ट लायन मोहनप्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम चलेको हो ।