नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर रुपन्देही ल्याउने तयारी

बुलेटिन संवाददाता
२९ बैशाख २०७८, बुधबार २०:२३

बुटवल । रुपन्देहीमा अक्सिजन नपाएकै कारण कोरोना संक्रमितहरुको ज्यान जान थालेपछि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर ल्याउने तयारी गरिएको छ ।

अक्सिजन अभाव नभएको पुर्वि जिल्लाका अक्सिजन प्लाण्टहरुबाट भरिएको सिलिण्डर सहित नेपाली सेनाको हेलिकप्टर रुपन्देही आउँदै गरेको अर्थमन्त्री पौडेलका स्वकिय सचिव यम पाण्डेले जनाएका छन् ।

सैनिक हेलिकप्टरमा आउँदै गरेको अक्सिजन सिलिण्डरलाई बुटवलमा रहेकाे धागो कारखाना स्थित कोरोना विशेष अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा केन्द्रित गरिने बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदीले जनाएका छन् ।

हेलिकप्टरबाट आउँदै गरेको अक्सिजन सिलिण्डरको ब्यवस्थापन गर्न नगरप्रमुख भैरहवा स्थित बिमानस्थल बसेका छन् भने अस्पतथालबाट खालि भएका सिलिण्डरहरु बोको गाडीहरुपनि बिमानस्थल पुगेका छन् । ‘एयरलिफ्ट मार्फत भरी अक्सिजन सिलण्डिरहरु मगाईएको छ ।’ नगर प्रमुख सुबेदीले भने ।

एयरलिफ्ट मार्फत आएका भरी सिलिण्डरहरु पहिलो चरणमा धागो कारखाना र प्रादेशिक अस्पताल पुग्ने बथाईएको छ ।

कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएकै कारण आज ५ जनाले ज्यान गुमाएका थिए ।