स्वतन्त्र पत्रकार संघ रुपन्देहीद्धारा मास्क तथा सेनीटाईजर वितरण

बुलेटिन संवाददाता
२४ बैशाख २०७८, शुक्रबार १९:०१

बुटवल । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले राष्ट्र सेवक प्रहरीहरुका लागी माक्स तथा सेनीटाईजर वितरण गरेको छ । शुक्रबार शाखाले तिलोत्तमा नगरभित्रका प्रहरी कार्यालयहरुमा माक्स तथा सेनीटाईजर वितरण गरेको हो ।

संघका शाखा अध्यक्ष डुम्रेले यस्तो जटिल अवस्थामा समेत आम नागरिकको सुरक्षार्थ खटिने नेपाल प्रहरीलाई धन्यवाद दिदै , तपाई बाँचे परिवार बाँच्ने छ ,परिवार बाँचे समाज बाँच्ने छ त्यसैले सामान्य रुघा खोकी लागेको खण्डमा समेत तुरुन्तै स्वास्थ्य जाँच गराउन जानुपर्ने बताउदै आम नागरीक यसमा सचेत बन्नु पर्ने बताउनु भएको थियो । त्यस्तै तिलोत्तमा नगरपालिकाका ट्राफिक प्रमुख मधु सुधन बन्जाडेले संघले गरेको कार्यै प्रति खुसी ब्यक्त गर्दे , आम नागरिकलाई माक्स बिना हिडडुल नगर्न आग्रह गर्नुभएको थियो ।

संघका जिल्ला अध्यक्ष चक्रपाणी डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय पार्सद मिलन पंगेनी, पार्सद सुधिर ठाकुर ,जिल्ला उपाध्यक्ष मोहन केसी , कोषाध्यक्ष सरु वाग्ले लगायतको उपस्थिती रहेको थियो ।