प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै

बुलेटिन संवाददाता
२० बैशाख २०७८, सोमबार १५:२४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्वोधन गर्ने भएका छन्। अहिले साँढे तीन बजे देशबासीको नाममा सम्वोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा आज ३ः३०बजे प्रधानमन्त्रीले देशबासीको नाममा सम्वोधन गर्दै हुनुहुन्छ,’ थापाले भनेर
प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने घोषणा गरिसकेका छन्। त्यसका लागि संसदको विशेष अधिवेशन आह्वा गरिएको छ।