लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

बुलेटिन संवाददाता
१९ बैशाख २०७८, आईतवार ०९:५७

बुटवल। मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन ।
मुख्यमन्त्री शंकर पोखरेलले नया सरकार बनाउने मार्ग प्रसस्त गर्न राजीनामा दिएका हुन ।
मुख्यमन्त्री पोखरेलले आफ्नो राजीनामा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष पेश गरेका हुन ।
प्रदेश सरकार गठन हुदाको कानूनी परिस्थीती र अहिलेको कानूनी परिस्थीती फरक भएकोले नया सरकार गठन गर्न मार्ग प्रसस्त गर्ने उदेश्यले राजिनामा दिएको बताईएको छ । संबिधानको धारा १६८ १ अनुसारको सरकार गठन भएको र सो अनुसारको कानूनी अवस्था कायम नरहेकोले संबिधानको धारा १६८ को २ अनुसार सरकार गठन गर्ने मार्ग प्रसस्त गर्न राजीनामा दिएकाे मुख्यमन्त्रीले आफ्नो राजिनमा पत्रमा उल्लेख गरेका छन
मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेशसभामा आजबाट छलफल सूरु हुदै थियो ।
अहिले एमाले संसदीय दलको बैठक बसिरहेको छ ।