रुपन्देहीको तिलोत्तमाका कुशल टी–२० सिरिजको उत्कृष्ट खेलाडी

बुलेटिन संवाददाता
१२ बैशाख २०७८, आईतवार ०७:०४

काठमाण्डौं । रुपन्देहीको तिलोत्तमाका नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बनेका छन् । पाँच खेलमा चार अद्र्धशतकसहित कूल २७८ रन बनाएका उनी ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका हुन् । प्लेयर अफ दि सिरिज भएकाभुर्तेलले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे । उनी नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ६२, मलेशियासितको खेलमा ६१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा ६२ तथा फाइनल खेलमा शनिबार नेदरल्यान्ड्सविरुद्ध फाइनल खेलमा ७७ रन बनाए।

भुर्तेल एकै सिरिजमा चार अद्र्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । उनले टी–२० क्रिकेटमा डेब्यु खेलमा लगातार तीन अद्र्धशतक बनाउने कीर्तिमानसमेत बनाए । यसैगरी सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी सन्दीप लामिछाने बनेका छन् । उनले सिरिजको पाँच खेलमा १३ विकेट लिए । टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडीसमेत बनेका लामिछानेले १०१ खेलमा १३८ विकेट लिएका छन्।