ओली र नेपालबीचको छलफल सकियो, दुवै जना खुसी मुद्रामा

बुलेटिन संवाददाता
९ बैशाख २०७८, बिहीबार १७:०८

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

काठमाण्डौको एक होटलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले एक घण्टाभन्दा लामो समय छलफल गर्नुभएको हो ।

छलफलकै क्रममा ओली र नेपालले होटलको झ्यालबाट धरहरा नियालेको तस्बिर पनि सार्वजनिक भएको थियो । तस्बिरमा दुवै नेता प्रफुल्लित अवस्थामा देखिएकाले छलफल सकारात्मक भएको हुन सक्ने एमालेका नेता/कार्यकर्ताले अनुमान गरेका छन् । ओली र नेपालबीच हिजो बेलुका पनि भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीले नेता माधव नेपालसहितका नेताहरुलाई पटक-पटक स्पष्टीकरण सोध्दै पार्टीको साधारण सदस्य र सांसद पदबाटै हटाउने चेतावनी दिँदै आउनुभएको छ । माधव नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी बनाइरहेको छ । तर मध्यम तहका नेताहरुले पार्टी फुटबाट जोगाउन अध्यक्ष ओलीलाई सुझाव दिएका छन् ।