सुनको भाउ घटेर ८५ हजार ६ सय कायम

बुलेटिन संवाददाता
१८ चैत्र २०७७, बुधबार १४:०९

काठमाण्डाै – सुनको भाउ आज फेरि चार सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा झरेको छ ।

हिजो सुनको भाउ ५ सय रुपैयाँले घट्दै  ८६ हजार रुपैयाँ कायम भएको थियो । यो भाउमा फेरि आज चार सय रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकोले नेपाली बजारमा पनि सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।