सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो

बुलेटिन संवाददाता
१९ फाल्गुन २०७७, बुधबार १३:४५

बुटवल ।सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो सुन तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी  व्यवसायी महासंघले जनाएको छ ।