के प्रधानमन्त्रीलाई नेपाली सेना र अन्य सुरक्षा निकायको विश्वास लाग्दैन ?

बुलेटिन संवाददाता
१८ फाल्गुन २०७७, मंगलवार १३:४७

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा देशको सुरक्षा व्यवस्थाको अन्तर्राष्ट्रिय स्तरमा गम्भीर प्रश्न उठ्ने बयान दिएका छन्।

उनको भनाइले प्रधानमन्त्रीको सुरक्षामा खटिने नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राट्रिय अनुसनधान विभागको भीभीआईपी सुरक्षा सम्बन्धी दक्षतामा प्रश्न चिन्ह लगाइ दिएको छ।

प्रधानमन्त्रीको यो अभिव्यक्तिले देशको सुरक्षा निकायको राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमै बेइज्जत भएको टिप्पणी हुन थालेको छ। विश्वका कैयौं द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाको लागि संयुक्त राष्ट्रसंघको मिसनमा खटिने नेपाली सुरक्षाकर्मीले देशभित्रै सुरक्षा दिन सक्दैनन् भन्ने प्रधानमन्त्रीको बयानको आशय होरु देशका सुरक्षाकर्मीमाथि नै प्रधानमन्त्रीको यो अविश्वासले सुरक्षा निकायको ‘मोरल डाउन’ भएको भन्दै सुरक्षा अधिकारीहरुले नै असन्तुष्टि पो
सोमबार पोखरामा प्रधानमन्त्रीले आफूले पार्टीलाई नेतृत्व गरी ठीक ढंगले अगाडि बढाइरहेको र सरकार पनि गतिशील भई सञ्चालन गरिरहेको हुनाले आफूमाथि प्रहार भइरहेको दावी गरेका थिए।

‘तपाईंहरू देखिरहनुभएको छ, सम्पूर्ण रूपमा ममाथि अत्यन्तै तीव्र ढंगले प्रहार भइरहेको छ। ममाथि कुनै शारीरिक हमला नै भयो भने पनि तपाईँहरू अनौठो नमान्नुहोला,’ प्रधानमन्त्रीले भनेका थिए ‘तर, त्यस्तो हुन दिइनेछैन, हामी सतर्कता अपनाउनेछौँ। म रहिनँ भने पनि केही छैन। पार्टी छ, आन्दोलन छ।’

प्रधानमन्त्रीको यो अभिव्यक्तिले देशको सुरक्षा निकायको राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमै बेइज्जत भएको टिप्पणी हुन थालेको छ। विश्वका कैयौं द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाको लागि संयुक्त राष्ट्रसंघको मिसनमा खटिने नेपाली सुरक्षाकर्मीले देशभित्रै सुरक्षा दिन सक्दैनन् भन्ने प्रधानमन्त्रीको बयानको आशय होरु

प्रधानमन्त्रीले आफू असुरक्षित भएको बताइरहँदा नेपाली सुरक्षाकर्मीले भने आफ्नो देश मात्र नभइ विदेशमा पनि सुरक्षा दिइरहेका छन्। संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपाली सुरक्षाकर्मी योगदानको हिसाबले चौथो बरियतामा छन्।

२०२० को डिसेम्बर ३१ सम्मको तथ्यांकमा संयुक्त राष्ट्रसंघका विभिन्न मिसनमा ५ हजार ७१५ जना नेपाली सुरक्षाकर्मी तैनाथ रहेको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको वेबसाइटमा उल्लेख छ। सुरक्षाकर्मी तैनाथीको हिसाबले यो चौथो ठूलो संख्या हो।