सशस्त्रका इन्स्पेक्टर अख्तियारको फन्दामा

बुलेटिन संवाददाता
१३ फाल्गुन २०७७, बिहीबार १५:४८

बुटवल । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय, बुटवलकाे टाेलीले फर्निचर व्यावसायिसंग घुस लिने २ जना प्रहरी अधिकृत लाई नियन्त्रणमा लिएकाे छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प गैडहवा ३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालका सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीलाई अख्तियार टाेलिले नियन्त्रणमा लिएको हाे ।

उनिहरुले सेवाग्राहीको काष्ठ फर्निचर उधोग संचालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट ५०,००० घूस लिई सकेको अवस्थामा जिल्ला रूपन्देही गैडहवा गाउँपालिका वडा नं. ३ बाट आज बिहान १०:०० बजेको समयमा नियन्त्रणमा लिइएकाे हाे अख्तियार बुटवल कार्यालयका सुचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।