पाडिनीको फर्सवाटाकुरा माबिका प्राचार्य मुक्तिनाथ ज्ञवालीलाई बिदाई

बुलेटिन संवाददाता
११ फाल्गुन २०७७, मंगलवार २१:४९

बुटवल । अर्धाखाँचीको पाडिनी गाँउपालिकामा रहेको पर्सवाटाकुरा माबिका प्राचार्य मुक्तिनाथ ज्ञवालीलाई आज बिदाई गरिएको छ ।

पाडिनी गाँउपालीका वडा नम्बर ३ का वडा अध्यक्ष देवी बहादुर क्षेत्रीको अध्यक्षतामा सम्मपन्न सो कार्यक्रममा ज्ञवालीलाई सम्मान समेत गरिएको थियो ।

बिद्यालयका पुर्व बिद्यार्थी डा। दुर्गा जंग केसीको प्रामुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यालयका पुर्व ब्याबस्थापन समिति अध्यक्षहरु बिष्णु अर्याल, बसन्त केसी र हुम बहादुर जिसी, अतिथीहरु मेघ बहादुर दर्लामी, संजय पराजुली, सुर्य केसी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शिक्षक डिल्लीराज पोखरेल, निमिक्त प्राचार्य बाबुराम भट्टराई, शिक्षक प्रतिनिधि नबराज पोखरेल लगायतले मन्तब्य राखेको बिद्यालयका अक्षयकोष दाता तथा पुर्ब बिद्यार्थी रमेश ज्ञवालीले जानकारी दिनुभयो ।

शिक्षक लिलापति घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सारदा नेपालीले स्वागत मन्तब्य र शिक्षका बिना नेपालीले बिदाई गित प्रस्तुत गरेको जनाईएकाएको छ ।