बिराटनगरबाट ओलीले भने: ‘प्रतिनिधि सभा पुनर्स्थापना भयो भने लोकतन्त्र कमजोर हुन्छ’

बुलेटिन संवाददाता
८ फाल्गुन २०७७, शनिबार १९:४६

विराटनगर । प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनित्रि सभा पुनस्र्थापना भए लोकतन्त्र कमजोर हुने बताएका छन । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कुनै कारण प्रतिनिधि सभा पुनर्स्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने-ढाल्ने खेल हुने भन्दै यसले लोकतन्त्र कमजोर हुने बताएका हुन ।

देशलाई अस्थिरतातिर फर्काउने होइन भन्दै उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संविधानको मर्म र भावना हेरेको होला । मुलुक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताएका छन् ।

उनले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म भन्न चाहन्छु ।’