तिलोत्तमामा स्कुल बसको ठक्करबाट मर्निङ वाकमा निस्किएकी एक महिलाको मृत्यु

बुलेटिन संवाददाता
६ फाल्गुन २०७७, बिहीबार १३:२९

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा ११ मा स्कुल बसको ठक्करबाट मर्निङ वाकमा निस्किएकी एक महिलाको मृत्यु भएको छ ।

तिलोत्तमाको कुमारीमा बसको ठक्कबाट सोही ठाउकी ३४ बर्षकि सुमन खौसियाको मृत्यु भएको हो । दुर्घटनामा सोहि ठाउंकि आरती थापा घाइते भएकी छन । बिहान साढे ५ बजे शान्ति नमुना माबिको लु १ क ८२४ नंम्बरको बसले मर्निङ वाक गर्दै गरेका उनिहरुलाइ ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइतेको क्रीमशन अस्पताल मणिग्राममा उपचार भईरहेको छ । घाईतेको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । विपरित दिशाबाट गएको ट्रकले झुक्याएका कारण बसदुर्घटना भएको भनिएपनि घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।