होराइजन जिबिएसद्धारा श्रीपञ्चमीको अवसरमा सरकारी विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

बुलेटिन संवाददाता
४ फाल्गुन २०७७, मंगलवार १६:१०

तिलोत्तमा । होराईजन गौतमबुद स्कूल तिलोत्तमा नगरपालिका १ शंकरनगर ड्राइवरटोलले विद्याकी अधिष्ठात्री सरस्वती माताको पूजाको दिन वसन्त पञ्चमीको अवसरमा तिलोत्तमा नगरपालिकाको एक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । वसन्त पञ्चमीको अवसर पारेर सो बिद्यालयले तिलोत्तमा नगरपालिका योगीकुटी स्थित श्री सगरमाथा आधारभूत विद्यालयमा अध्ययन गर्ने १०५ जना विद्यार्थीहरुलाई स्कूल ब्याग, कापी र पेन्सिल जस्ता आधारभूत शैक्षिक सामाग्रीहरु एक औपचारिक कार्यक्रमविचमा वितरण गरेको हो।

विद्यालयका अध्यक्ष कृष्ण कैसी को अध्यक्षतामा र सोहि वार्डका वार्ड अध्यक्ष टंक तिवारीको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा होराईजन गौतमबुद स्कूलका अध्यक्ष ज्ञानेन्द्र कसजूको बिषेश उपस्थिति रहेको थियो।

होराईजन गौतमबुद स्कूल ड्राइवरटोलका प्राचार्य गोपाल प्रसाद आचार्यले न्यू होराईजन कलेज अन्तर्गत संचालित होराईजन गौतमबुद स्कूलले सामाजिक उत्तरदायित्व वहन गर्ने अभिप्रायले गतबर्ष तिलोत्तमा नगरपालिकाको समन्वयमा सो बिद्यालयको नाममा रु दुईलाखको अक्षयकोष स्थापना गरेको , त्यसकै ब्याज स्वरूप प्राप्तहुने अठचालिस हजार बराबरको शैक्षिक सामाग्रीहरुको बितरण गरिएको र त्यसकै निरन्तरता आगामि बर्षहरुमा पनि रहने जानकारी दिनुभयो।

उक्त कार्यक्रममा होराईजन कलेजका संस्थापक प्रवेश प्रकाश घिमिरेको आतिथ्यता , सगरमाथा स्कूलका ब्यबस्थापन समितिका सदस्यहरु तथा स्कूलकका शिक्षक अभिभावक र विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।