नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानद्वारा धवलमा स्रष्टा सम्मान

बुलेटिन संवाददाता
१ फाल्गुन २०७७, शनिबार २१:३२

भोजराज भट्टराई,
पाल्पा, १ फागुन ।
नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानले आफ्नो छैठौं वार्षिकोत्सवको अवसर पारेर पाल्पामा शनिबार तीन स्रष्टासहित धवल पुस्तकालयलाई सम्मान गरेको छ । प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कारबाट साहित्यकार बनमाली निराकार, नित्यराज ज्ञान विज्ञान पुरस्कारबाट लेखक तथा बुद्धिजिवी निर्मल श्रेष्ठ, सिद्धिराज, विद्याकुमारी डेबकुमारी शैक्षिक पुरस्कारबाट टंक पन्थ र धवल पुस्तकालयलाई सम्मान गरेको हो ।

प्रत्येक सम्मानको राशी नगद २० हजार रहेको छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार रमेश क्षितिज र प्रतिष्ठानका अध्यक्ष नारायण राज पाण्डेले तीन जनास्रष्टालाई नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान अर्पण गर्नुभयो । सोही अवसरमा साहित्यकार रमेश क्षितिज, चोलेश्वर शर्मा, टंक भट्टराई, युवराज पौडेल, नारायणप्रसाद अधिकारीले सम्मानित स्रष्टालाई शुभकामना सहित आयोजक संस्थालाई आभार व्यक्त गर्नुभयो । सोही अवसरमा साहित्यकार डा. शंकर गैरेले सम्मानित व्यक्तित्व तथा संस्थाबारे प्रकाश पार्नुभयो ।

सात्यिकार नित्यराज पाण्डे स्मृति पुरस्कार नारायण राज पाण्डेसहित परिवारले साहित्यकार नित्यराज पाण्डेको नाममा स्थापना गर्नुभएको हो । नित्यराज पाण्डेको २०७६ सालमा स्वर्गारोहण भएको थियो । कार्यक्रम नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण पाण्डेको अध्यक्षता, धवल पुस्तकालयमा सदस्य सुनिता पाण्डेको स्वागत र सचिव सचिव राजेशकुमार अर्यालको सञ्चालनमा भएको हो ।