लाङ्घाली युवा परिबारले मणिग्राम ४ नम्बरमा ब्याडमिण्टन टुनामेन्ट गर्ने

बुलेटिन संवाददाता
२७ पुष २०७७, सोमबार १९:४३

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा ८, चार नम्बरमा ब्याडमिण्टन टुनामेन्ट हुने भएको छ । लाङ्घाली युवा परिबारको आयोजनामा ननमेडलिष्ट बि लेवल मेन्स् डवल ब्याडमिण्टन टुनामेन्ट हुन लागेको हो ।

आगामी माघ ३ गते हुने प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमले क्रमस १५ हजार, ८ हजार नगदको साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन भने सेमिफाईनल रनर अपले पनि नगद ३/३ हजारका साथै ट्रफि र प्रमाणपत्र  प्राप्त गर्ने लाङ्घाली युवा परिबारका संरक्षक नरेन्द्र सारुले जानकारी दिनुभयो ।

ब्यामिण्टन वल्ड फेडरेसनको नियम अनुसार खेलाइने आयोजकले जनाएका छन । खेलकुँदको बिकास र खेलाडिको उत्पादन तथा उत्थानका लागि बिभिन्न प्रतियोगिताहरु आयोजना गर्दै आएको लाङ्घाली युवा परिबारल गतबर्ष भलिबल प्रतियोगिताको आयोजना गरेको थियो ।