गायक तथा सर्जक महतले ल्याए,पन्चेबाजाकोसेली“चोखोमाया संगै लाउला”

मोहन न्यौपाने
२७ कार्तिक २०७७, बिहीबार १३:१२

तिलोत्तमा। चौतारी फिल्म्सको प्रस्तुतिमा पन्चेबाजामा सजिएको चोखो माया संगै लाउलाबोलको गीत सार्बजनिक भएको छ। कोरोनाकहरको बिचमा छायांकन र सम्पादन भएको गीतलाई गायकतथा सर्जक चन्द्र महतले सृजना गरेका हुन्। पछिल्लो समय चर्चामा रहेकी लोक गायिका कमलापोख्रेल संग सुमधुर आवाज दिएका गायक तथा सर्जक चन्द्र महतले पन्चेबाजाको कोसेलीदर्शक सामु युट्युब मार्फत पस्केका हुन्।
बुटवलको स्पान होटलमा सम्पन्न एक कार्यक्रममा रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका निबर्तमान अध्यक्ष दिपक गरौचा मगरले प्रोजेक्टर अन गरि भिडियो प्ले गरेर बिमोचन गर्नु भएको हो। प्रमुख अतिति समेत रहेका गरौचाले लोक संगीतको क्षेत्रमा एउटा सर्जकले इट्टा थप्ने काम गर्नु भएको माधन्यबाद दिदै गीत एकदमै राम्रो बनेको र दर्शकको माया छिट्टै पाउनेमा आफु ढुक्क रहेको बताउनुभयो। गायकतथा सर्जक चन्द्र महतकै लय तथाशब्द रहेको सो गीतलाई जुजु गुरुंगले एरेन्ज गर्नु भएको हो। बुटवलदेखि पश्चिमको एक रमणिय स्थानमा छायांकन गरिएको एक सच्चा प्रेमी –प्रेमिकाको बेदना भरिएको सो गीतलाई प्रदिप ज्ञवालीले कोरियोग्राफी गर्नुभएको छ भने छायांकन तथा सम्पादन र दृश्यनिर्माण एसआर मुभिजका शोभाखर पन्थले गर्नुभएको छ। ड्रोनमा शिव बस्यालले सघाउनु भएको छ भने गीतको शृंगार स्वस्तिका पन्थले गर्नुभएको छ।
प्रेमभित्रको बेदनालाई स्थान दिइएको सो गीतमा बिहे अघिको प्रेम सफल नभए पछिको मार्मिक दृश्य देखाइएको छ। गीतमा प्रमुख भूमिकामा पछिल्लो समय चर्चा कमाएका कलाकार तथा मोडल सुरज पन्थ , बेबो आचार्य , अविक गैरे लगायतको अभिनय रहेको छ। छुटेका प्रेमी प्रेमिकाको रुपमा सुरज र बेबो देखिएको छन्। “चोखो माया“मनमाजति पिडा भएनी पन्चेबाजामा नाच्ने खालको एउटा गीत बनेको छ जुनगीतले मंसिरको महिनामा बजार तताउने अनुमान गरिएको छ।
यस अघि फुलको बोटैमाफुलको मालागासनलगायतको गीतमा आवाज दिएका गायक तथा सर्जक चन्द्र महतले आफ्ना “काफलपाक्यो काचो“, “ढुकढुकी धड्कन“लगायतका गीत सुनाउदै आफ्नो सानै देखिको चाहना पुरा भएको र लोकसंगीतलाई आफुले सधै माया गरेको बताउनुभयो। बिमोचन कार्यक्रममा स्पानग्रुप अफकम्पनीका एमडी राजेश कुमार थैब, नागरिक केबल लिंकका सीईओ मिलनथापा , स्पानका सचिवमधु ढकाल, क्रिपर इण्टरनेशनल मार्केटिङ्गका डाइरेक्टर सुन्दरकुमार बर्मा , नेपाल डोरी तान संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा अन्तरास्ट्रिय खेलाडी नवराज खरेल, मेरी गोल्ड होटलका संचालक बिष्णु पौडेल क्षेत्रि , भैरव बहादुर क्षेत्रि, चौतारी फिल्मस्का संचालक एबम गीतकार शिव सुबेदी लागयाताले बोल्दै गीतको सफलताको शुभकामना दिएकाथिए।
आफु २० बर्षको उमेरमा भारतीय सेनामा हुदै देखिबाट गीतसंगीत प्रति रुचि भएका चन्द्र महत १६ बर्ष सेवामा रहीबिगत १२ बर्ष देखि व्यवसायीका रुपमा अघि बढ्दै छन्। आफुभित्र लुकेको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले लोक संगीतको क्षेत्रमा एउटा कोसिस गरेको बताउने महतले यो क्षेत्रलाइनियमित रुपमा अंगाल्ने बताउनु भएको छ ।