बगनासकालीमा नयाँ प्रमुख प्रशासकीय अधितृकलाई स्वागत

बुलेटिन संवाददाता
२६ कार्तिक २०७७, बुधबार १९:००

भोजराज भट्टराई,
पाल्पा २६, कार्तिक ।
बगनासकाली गाउँपालिका पाल्पाले नयाँ प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेलाई स्वागत गरेको छ । घिमिरेलाई गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी, न्यायिक समितिका सदस्य, विभिन्न विषयगत शाखा प्रमुख लगायतका कर्मचारीहरूले बुधबार गाउँपालिका सभाहलमा स्वागत गर्नुभएको हो ।

स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बगनासकाली गाउँपालिकामा पर्याप्त कर्मचारी रहेकोले टिमलाई सहिमार्गमा डो¥याउने नेतृत्व भए कार्यसम्पादन सहज र प्रभावकारी हुने धारणा राख्नुभयो । उहाँले गाउँपालिकाको सेवा प्रवाह, सुशासन कायम गर्न र विकास निर्माणको काममा प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले कानुन र नियमभित्र रहेर स्थानीय सेवाग्राहीको भावना र कर्मचारीको समन्वय अनुसार काम गर्ने अपेक्षा व्यक्त गर्दै कर्मचारीहरूलाई पदीय मर्यादालाई कायम गर्दै कार्यसम्पादनमा लाग्न आग्रह गर्नुभयो । उहाँले आफूले स्थानीय निकायको अनुभव बटुलेको भन्दै गाउँपालिकाको काम गर्ने क्रममा सबै पक्षबाट साथ र सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो । ‘नियम कानुनी प्रक्रिया भन्दा बाहिर नगई प्रशासनिक नियमभित्र रहेर कार्यसम्पादन गर्न जनप्रतिनिधिहरूबाट सहयोगको अपेक्षा छ ।’ घिमिरेले स्वागत समारोहमा भन्नुभयो, ‘कर्मचारी र जनप्रतिनिधिको एकीकृत प्रयासबाट मात्र गाउँपालिकाको लक्ष्य पूरा गर्न सकिन्छ ।’

गाउँपालिका उपप्रमुख सरस्वती चिदीले जनप्रतिनिधि कर्मचारीसँग समन्वय र सहकार्य गर्नका लागि उर्जावान युवा नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनले गाउँपालिकाको नीति, कार्यक्रमलाई प्रभावकारी बनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्वागत कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख गुनाराम खनालले गर्नुभएको थियो । यस अघिका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ जिल्लाको तिनाउ गाउँपालिकामा रमाना हुनुभएपछि घिमिरे नयाँ प्र्रमुख प्रशासकीय अधिकृतको रूपमा बगनासकाली गाउँपालिकामा आउनुभएको हो ।