पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना पुष्टि

बुलेटिन संवाददाता
९ कार्तिक २०७७, आईतवार १९:५५

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना  पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३३३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर निको हुनेको संख्या हालसम्म १ लाख ११ हजार ६७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्युहुनेको संख्या ८४७ पुगेको छ ।