पुराना तथा नयाँ सदस्यहरुका लागी लियो आधारभुत तालिम सम्पन्न

बुलेटिन संवाददाता
८ फाल्गुन २०७३, आईतवार ०९:२०

बरुण घिमिरे 

बुटवल,फाल्गुण ०८
लियो कल्व अफ बुटवल सिध्द्धबाबाले ,पुराना तथा नया लियो सदस्यहरूलाई लियो आधारभुत तालिम प्रदान गरेको छ ।

 कार्यक्रमा लियोका भूतपूर्व अध्यक्षहरूले लायन्स तथा लियोको बारेमा प्रस्ट पारेका थिए । क्लबका अध्यक्ष लियो प्रकास भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । भने क्लवका भु पु अध्यक्षहरू लियो कृण्ण प्रसाद गौतम, लियो दिपक भट्टराई, लियो सुसिल पाण्डे, लियो उदय राज भट्टराई आतिथ्यता रहेको थियो । कार्यक्रममा कृण्ण प्रसाद गौतमले लायन्स तथा लियोमा आबद्ध भएपछि हुने फाईदाको बारेमा प्रष्ट पारेका थिए । यस्तै लियो दिपक भट्टराईले कार्य समितिमा रहनुहुने सदस्यहरुलाई कार्यहरुको बारेमा प्रस्टाएका थिए । लियो सुसिल पाण्डेले आज सम्म कल्बले गरेका प्रमुख कामहरू को बारेमा समिक्षा गरी नया तथा पुराना साथिहरूलाई जानकारी गराए । यस्तै लियो उदयराज भट्टराई तथा लियो धर्मराज आचार्यले आधारभुत तालिम प्रदान गरेका थिए । कल्बले आयोजना गरेको कम्युटर तालिमको समापनमा तालिम लिएका ३५ जना बिद्यार्थीहरुलाई प्रमाण पत्र बितरण गरेका थिए । होटल हिल्टनमा सम्पन्न भएको कार्यक्रममा संयोजक लियो सुनिल पोख्रोल को संयोजकत्व र सचिब लियो मनोज शर्माको संचालनमा सम्पन्न भएको थियो ।