बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

बुलेटिन संवाददाता
९ आश्विन २०७७, शुक्रबार २०:२५

बुटवल । बुटवलको धागोकारखाना स्थित कोरोना विशेष अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल ८ का ७२ बर्षिय वृद्धको शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले जानकारी दिनुभयो ।
मृगौलाको समस्या रहेको उनको बिहिबार स्वाव संकलन गरिएकोमा शुक्रबार बिहान कोरोना पुष्टि भएको गौतमले बताउनुभयो । संक्रमण पुष्टि भएसंगै शुक्रबार बिहान उनी अस्पतालमा भर्ना भएका थिए ।