असोज ५ गते देखि लामो दुरीका यातायात र हवाई उडान खुल्ने

बुलेटिन संवाददाता
३० भाद्र २०७७, मंगलवार ११:०५

काठमाण्डौं । सरकारले यही आउदो असोज ५ गतेबाट लामोदुरीका सार्वजनिक सवारी साधन र आन्तरीक उडान खुलाउने निर्णय गरेको छ । हिजो (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले कोरोना संक्रमणको जाखिमलाई मध्यनजर गरी चैत्र ११ गते लकडाउन जारी गर्नुभन्दा पहिले नै यी सेवा सञ्चालनमा रोक लगाएको थियो । अब सुरक्षाका उपाय अपनाई लामो दुरीका सार्वजनिक यातायात र आन्तरीक हवाई सेवा दुबै सञ्चालन हुने भएको हो । जसका लागी सरकारले निश्चित मापदण्ड तयार पारिसकेको छ ।