राष्ट्रिय बाछिटा प्रतिष्ठान गठन

भोजराज भट्टराई,
२१ श्रावण २०७७, बुधबार २१:१८

पाल्पा । बाछिटा बिधाको समुन्नयन गर्ने उद्देश्यले ‘‘राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपाल’’को कार्यकारिणी समिति गठन भएको छ । सोमबार भर्चुअल भेलाबाट बाछिटा विधाका अभियन्ता रुपन्देहीका स्रष्टा खगेन्द्र बस्यालको अध्यक्षतामा १९ सदस्यीय समितिको गठन भएको बाछिटा प्रर्वतक, प्रमुख सल्लाहकार एवं संरक्षक अमर त्यागीले बताउनुभयो ।

नव गठित कार्यकारिणी समितिको उपाध्यक्षमा लता पौडेल (इलाम), शिव खनाल (स्याङ्जा) रहनुभएको छ । यस्तैगरी महासचिवमा विष्णु भट्टराई ‘विभु’ (काभ्रे), सचिव निरु गौतम (मोरङ), सहसचिव आर्त अकुलीन (कैलाली) र कोषाध्यक्ष अम्बिका धिताल (काभ्रे) रहनुभएको छ ।

यस्तैगरी कार्यकारीणी समितिको सदस्यमा भारती न्यौपाने दाहाल (ललितपुर), सावित्रा पाण्डे काफ्ले (नवलपरासी), भोजराज भट्टराई (पाल्पा), उपमा शर्मा (काठमाडौं), भवानी पाण्डे (काभ्रे), लक्ष्मीनारायण जोशी श्रेष्ठ (मोरङ), रोशन पराजुली (सुनसरी), रामपुकार साह (पर्सा), श्याम मकाजु (भक्तपुर), सुभाष जमरकट्टेल (सोलखुम्बु), नारायण खनाल (अर्घाखाँची), गोविन्द खनाल (स्याङ्जा) रहनुभएको छ ।

अमर त्यागी संरक्षक रहेको कार्यकारीणी समितिको सल्लाहकारमा अमर त्यागी र चेतनाथ धमला रहनुभएको छ । नवगठित अध्यक्ष खगेन्द्र बस्यालले निकट भविष्यमै काभ्रेको बनेपामा प्रथम राष्ट्रिय बाछिटा प्रदर्शनी गरिने जानकारी दिनुभयो ।

बाछिटा प्रवर्तक अमर त्यागीका अनुसार बाछिटा पद्य साहित्यको लघुत्तम विधा हो । यो विधा प्रकृतिसँग सम्बन्धित छ । यो तीन पाँच तीन अक्षर संरचनायुक्त तीन पंक्तीको हुन्छ । यसमा जीवन, जगत र भोगाईका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतिकरण गरेर चित्रण गरिन्छ । बाछिटाको विधागत प्रर्वतन १४ मे २०२० तद्नुसार २ जेठ २०७७ मा भएको हो ।