परिवर्तनका लागि राजनितिमा कब्जा जमाउन युवाहरुलाई आग्रह

बुलेटिन संवाददाता
१८ श्रावण २०७७, आईतवार १३:१८

१८ साउन, बुटवल । सामाजिक र राजनितिक रुपान्तरणका लागि युवाहरुले राजनितिलाई कब्जा गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन । हरेक परिवर्तनमा युवाको भुमिका केन्द्रमा रहने भएपनि उनीहरु नेतृत्व तहमा पुग्न नसक्दा राजनितिक सुद्धिकरण हुन नसकको उनीहरुका् ठहर छ । नमस्ते नेपालले शनिबार रुपन्देहीको ड्राइभरटोलमा आयोजना गरेको असल समाजका निम्ति युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघका केन्दिय उप- सभापति मुक्ति राज पौडेलले युवाहरुले राजनितिमा नेतृत्व सहजै प्राप्त गर्ने अबस्था नरहेको भन्दै सबै युवाहरु एकजुट भई राजनितिलाई कब्जा गर्नुपर्ने बताउनुभयो । उहाले युवाहरुले नेतृत्वलाई प्रसस्तै प्रश्न सोध्न आग्रह गर्दै गैरकानुनी काम बिरुद्ध आवाज बुलन्द गर्न युवाहरुलाई आग्रह गर्नुभयो । समयले परिवर्तनको माग गरेपनि अहिले हरेक राजनितिक दलहका नतृत्वबाट त्यो सम्भव नभएकाले पनि युवाहरु नेतृत्व तहमा पुग्न जरुरी रहेकोमा जोड दिनुभयो ।

त्यस्तै रिपोटर्स क्लव नेपाल प्रदेश ५ का अध्यक्ष राम कुमार क्षेत्रीले हरेक परिवर्तनका साझेदार बनेका युवाहरु अब नेतृत्व तहमा पुगेर अनुकरणिय काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै संस्थाका सल्लाहाकार बाबुराम गैरेले नमस्ते नेपाललाई राष्ट्रब्यापि सञ्जाल फैलाउदै हरेक युवालाई रचनात्मक कार्यमा लागाउन आग्रह गरे । युवाहरुले समस्या देखाउने मात्र नभई समाधानको बाटो पहिल्याउन सक्नुपर्ने बताउनुभयो ।

नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता, नेपाल विद्यार्थी संघका केन्द्रिय उप सभापति मुक्ति राज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन निराजन खरेलले गर्नुभएको थियो ।