स्वतन्त्र नागरिक समुहले एमसीसीको बिरोधमा रुपन्देहीमा प्रदर्शन गर्ने

बुलेटिन संवाददाता
१७ असार २०७७, बुधबार १५:४३

बुटवल । स्वतन्त्र नागरिक समूह नेपालले एमसिसीको बिरोधमा प्रदर्शन गर्ने भएको छ । सो समुहले यहि असार १९ गते रुपन्देहीको मणिग्राममा बिरोध प्रदर्शन गर्ने लागेको समुहद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

समुहका संयोजक विश्वराज गैह्रेले मंगलबार विज्ञप्तीजारी गरी स्वतन्त्र नागरिक समूह नेपाल राष्ट्रियताको पक्षमा उभिएको र सरकारले संसदबाट पास गराउन लागेको एमसीसीको विपक्षमा रहेको जानकारी गराउनु भएको छ ।

स्वाभिमान नेपालको राष्ट्रियता र नेपाली जनताको विपक्षमा रहेको एमसीसी खारेजीका लागि स्वतन्त्र नागरिक समूह नेपालले एकल र एजेण्डा मिल्ने हरेक समूहसंग सहकार्य गरेर अगाडी बढ्ने छ ।

अमेरिकी प्रशासनको पेन्टागनले तयार पारेको हिन्द प्रशान्त रणनीतिक प्रतिवेदनमा आधारित मिलियन च्यालेन्ज कर्पाोरेसनसंग नेपालका विभिन्न सरकारहरुले गरेको सम्झैता खारेज गर्नुको विकल्प नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ओली नेतृत्व कम्युनिष्टको बहुमत सरकाले एमसीसी संसदबाट पास गराउन खोज्नु गलत भएको संयोजक गैरले बताउनु भएको छ ।

सरकारले कालापानी क्षेत्रको लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयां नक्सा बनाउनु स्वागतयोग्य काम हो । तर एमसीसी संसदबाट पास गराउन प्रयास गर्न खोज्ने कार्य देश र जनताको लागि घातक रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एमसीसी सम्झौता तत्काल खारेज गर्न र भारतले ७२ स्थानमा मिचेको नेपाली भूमि फिर्ता गराउनका लागि सरकारलाई दवाव दिन शान्तिपूर्ण आन्दोलन गरिने संयोजक गैरेले बताउनु हुन्छ । देशभक्त तथा स्वाभिमानी नेपालीलाई एमसीसी सम्झौता खारेजीका लागि दवावमूलक तर शान्तिपूर्ण आन्दोलनमा उत्रन संयोजक गैह्रेले आग्रह गर्नुभएको छ ।

एमसीसी खोरजीका लागि स्वतन्त्र नागरिक समूह नेपाल रुपन्देहीमा क्रियाशील रहेको र यही साउन १९ गते शुक्रबार पांचवजे तिलोत्तमाको मणिग्राममा एमसीसी बिरुद्द सभाको आयोजना गरिएको विज्ञप्ती मार्फत संयोजक गैह्रेले जानकारी गराउनु भएको छ । वेलुका पांच वजे आयोजना गरिने उक्त कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह गरिएको छ ।

एमसीसी खारेजीको एक सुत्रीय माग पूरा नहुंदासम्म सरकार, राज्य र राजनीतिक दललाई दवाव दिनका लागि शान्तिपूर्ण जनदवाद जारी राख्ने विज्ञव्तीमा उल्लेख गरिएको छ । लकडाउनको पालना गरी कार्यक्रम गरिने छ ।

२०६९ सालमा स्थापना भएको स्वतन्त्र नागरिक समूह, नेपाल अधिकारको क्षेत्रमा क्रियाशील छ । विश्वराज गैह्रे संयोजक रहेको यो संस्थाले स्वतन्त्र रुपमा अवस्था र आवश्यक्ता अनुसार आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।

कुनैपनि राजनीतिक दलसंग आवद्द नरहेको यो संस्था नितान्त स्वतन्त्र र सामाजिक संस्था हो । राष्ट्रियता, जनतन्त्र, जनजीविका र राष्ट्यि अखण्डता, एकताको पक्षमा यो संस्था सक्रिय रहेको संयोजक विश्वराज गैह्रेले बताउनुभयो ।

कुनैपनि दल विशेष तथा निकट नरहने र राज्य, सरकार, राजनीतिक दलले गरेका गलत कामको बिरोध गरी दवाव दिन स्वतन्त्र नागरिक समूहको मूलमर्म रहेको संयोजक गैह्रेले विज्ञप्ती जारी गरी जानकारी गराउनु भएको छ ।