पाल्पामै पिसिआर मेसिन राखिने, संक्रमित ४ सय नाघे

बुलेटिन संवाददाता
१२ असार २०७७, शुक्रबार १९:१६

भोजराज भट्टराई,
पाल्पा १२, असार ।
देशभरी थप १० स्थानमा पिसिआर मेसिन राख्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयमा पाल्पा समेत प्राथमिकतामा परेको छ । मन्त्रालयका क्ष्ऋक् कोअर्डिनेटर डा. गुणराज लोहनीद्वारा शुक्रबार हस्ताक्षरित सूचनामा मन्त्रालयले देशभरी १० स्थानमा एऋच् मेसिन राख्ने निर्णय गरेको हो ।

विश्वमा फैलिरहेको कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा मन्त्रालय लागि परेको जनाउँदै कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रणका लागि च्त्(एऋच् विधिबाट स्वाव परिक्षण गर्न सातै प्रदेशमा प्रयोगशाला सञ्चालनमा ल्याएको जारी सूचनामा उल्लेख छ । क्ष्ऋक् का प्रतिनिधिसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा असार १० गते बुधबार बसेको बैठकले सरकारी तवरमा सञ्चालनमा रहेका २३ वटाको अतिरिक्त हाललाई दश वटा प्रयोगशालाहरू सञ्चालन गर्ने निर्णय गरेको हो । जस अन्तर्गत मेची अस्पताल, डढेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, विरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पताल रहेका छन् ।

पिसिआर मेसिन राख्ने निर्णयमा पाल्पालाई समेत प्राथमिकतामा राखेको भन्दै सामाजिक सञ्जालमा पाल्पाका जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकर्ता लगायत सरोकारवालाले सरकारलाई धन्यवाद दिएका छन् । ‘पाल्पा जिल्लाको मातहतमा पिसिआर मेशिन स्थापना र सञ्चालन गर्ने अवसरले जिल्लाबासीको पिसिआर परीक्षणमा सहजता हुने विश्वास लिएको छु ।’ पाल्पा क्षेत्र नं. २ का संघीय सांसद एवं पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सामाजिक सञ्जालमा प्रतिक्रिया राख्नुभएको छ ।

यसैबीच शुक्रबारसम्म पाल्पामा ७७ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार थपिएका संक्रमितसँगै पाल्पामा संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । शुक्रबार थपिएका ७२ मध्ये ७२ जना पुरुष र ५ जना महिला रहेका छन् । थपिएका संक्रमितमध्ये रामपुर नगरपालिकाका ७५ र तानसेन नगरपालिकाका २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।