न्यु लाइट कलेजमा नवदीप साहित्यिक कोसेली विमोचन

बुलेटिन संवाददाता
७ असार २०७७, आईतवार २२:५६

तिलोत्तमा । न्यु लाइट कलेज शंकरनगरमा आज नवदीप साहित्यिक कोसेली बिमोचन गरिएको छ । न्यु लाइट साहित्यिक मञ्चले प्रकासन गरेको नवदीप साहित्यिक कोसेलीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बिमोचन गर्नुभएको हो ।

सामाजिक दुरि कायम गरि आयोजित कार्यक्रमका बक्ताहरुले साहित्यिक कोसेले प्रकासनले विद्यार्थीको सिर्जनात्मक क्षमता बढाउने बताउदै आगामी दिनमा कलेज भन्दा बाहिरका श्रष्टाहरुका रचनालाई पनि समेट्दै यसको गुणस्तर बढाउदै लैजान सुझाव दिएका छन ।

सञ्चका अध्यक्ष हरि न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममाकलेज संचालन समितिका अध्यक्ष ईश्वर चन्द्र गौतम, क्याम्पस प्रमुख रमेश ज्ञवाली, साहित्यिक मञ्चका संस्थाापक अध्यक्ष कृष्ण भुसाल, सल्लाहकार नितेश खरेल लगायतले बोल्नु भएको थियो ।


मञ्चका उपाध्यरक्ष मनिष भुसालले स्वागत गरेको कार्यक्रमको संचालन कोषध्यक्ष बिन्दु भुसालले गर्नु भएको थियो । सो साहित्यिक कोसेलीमा कलेजका बिद्यार्थी तथा शिक्षकहरुका लेख, रचना तथा सुचना सामाग्रीहरु प्रकासित गरिएका छन ।