काशी नोबेल एकेडमी भैरहवामा विज्ञान प्रदर्शनी

बुलेटिन संवाददाता
८ फाल्गुन २०७३, आईतवार ०८:४५

रबिन्द्र प्रताप गुप्ता भैरहवा, फागुन ८

काशी नोबेल एकेडमी भैरहवाले दिने विज्ञान प्रदर्शनी एवं खाना महोत्सव सम्पन्न गरेको छ ।कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरुको प्रत्यक्ष संलग्नता रहेको सो महोत्सवमाविद्यार्थीहरुले विज्ञान सम्बन्धीवस्तुहरुको स्टलहरु राखेका थिए । करिब ३० ओटा स्टलहरुमा स्काभेरट, डोजर, अटोभिलेज, लिफ्ट, एटिम, भ्याकुमक्लिनर,ग्रिनहाउस, तोप लगायतका सामाग्रीहरु राखेका थिए भने खाना तर्फ चना, चटपटे, पानीपुरी, बटुक, चुकौनी जस्ताका स्टलहरु राखेका थिए । गाउँ घरमा पङ्खा चलाउँदा हावाबाट बिजुली उत्पादन गर्न सकिने र सो बिद्युतबाट अहिले बढ्दै गएको लोडसेडिङ् कम गर्न सकिने कक्षा ८ का दिपक तामाङ्ले बताए । हामीले वैज्ञानिक ढङ्गबाट पहिचान गर्दछौं तर लगानी नहुँदा आफ्नो मेहनत खेर जाने गरेको छ  तमाङ् बताउँछन् । विद्यार्थीहरुमा सैद्धान्तिक ज्ञानले मात्र पूर्ण सिकाइ हुन नसक्ने भएकाले व्यवहारिक ज्ञानकालागि महोत्सव गर्न लगाएको प्रिन्सिपल राजेन्द्र घिमिरेले बताउँछन् । बजारमा पाइने मिसावट खानाले स्वास्थ्यमा गम्भीर असर गर्छ हामीले घरमै बनाएर पनि खाना खान सकिन्छ भन्ने सन्देश विद्यार्थीमा फैलाउन खानाका स्टलहरु पनि राखेको प्रिन्सिपल घिमिरेले बताए ।