सन्दिप पौडेल बने नयाँ युवा नयाँ सोच नेपाल रुपन्देही जिल्ला कमिटीको अध्यक्ष

बुलेटिन संवाददाता
२३ जेष्ठ २०७७, शुक्रबार १५:०१

बुटवल । नयाँ युवा नयाँ सोच, नेपालको रुपन्देही जिल्ला ईकाइ गठन भएको छ। परिवर्तित युवा, परिवर्तित सोच, परिवर्तित राष्ट्र भन्ने नाराका साथ २०७४ सालमा स्थापित संस्थाको   प्रदेश नम्बर ५ कै पहिलो जिल्ला इकाइको रुपमा रुपन्देहीमा ईकाइ गठन भएको हो।

रुपन्देहीमा ५२ सदस्यिय इकाइ गठन भएको संस्थाका केन्द्रिय अध्यक्ष मुकुन्द दिप मडैले बताए। सन्दिप पौडेलको अध्यक्षतामा गठन भएको उक्त ईकाइमा ११ जनाको कार्यसमिति र बाँकी साधारण सदस्य रहेका छन्। जसको उपाध्यक्षमा शिशिर कार्की, सचिवमा बिद्या भट्टराई, सहसचिवमा अभिनास हमाल र कोषाध्यक्षमा अलिसा खत्री रहेका छन ।

कोरोना महामारीका कारण आफ्ना पुर्वनिर्धारित नियमित कार्यक्रमहरु पछाडि धकेलिएपनि संस्थाले आफ्नो सक्रियता नियमित राखेको समेत केन्द्रिय उपाध्यक्ष धन रावतले बताए।


संस्थाले अहिलेपनि निरन्तर रुपमा भर्चुअल माध्यमबाट  विभिन्न जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, स्वास्थ्यकर्मी लगायतसँग प्रत्यक्ष अन्तर्वार्ता कार्यक्रमहरु प्रशारण गरिरहेको छ भने मनोरञ्जनका निम्ति हाजिरिजवाफ, साहित्यिक कार्यक्रम साथै कानुनी साक्षरताको कार्यक्रम समेत चलाइरहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा बाग्मती प्रदेशका विभिन्न जिल्लाहरुमा शाखा विस्तार गरिसकेको संस्थाले स्थापना कालदेखि नै युवा, महिला तथा बालबालिका लक्षित विभिन्न शैक्षिक, खेलकुद तथा समसामयिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ।