आइसोलेसन कक्षमा मृत्यु भएको युवामा कोरोना पुष्टी

बुलेटिन संवाददाता
२२ जेष्ठ २०७७, बिहीबार २०:५३

पाल्पा २२, जेष्ठ ।
पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ज्यान गुमाएका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना बिफ्रीङमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले ती पुरुषमा कोरोना पोजेटिभ भएको जानकारी दिनुभयो ।

पुर्वखोला गाउँपालिका १ सिलुवाका ४० वर्षीय पुरुषको तीन दिन अघि मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पूर्वखोला २ क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पु¥याइएको थियो । त्यहाँ उनको मंगलबार मृत्यु भएको थियो ।

यससँगै पाल्पामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ भने १ जनाको मृत्यु भएको छ । कोरोना पोजेटिभ आएसँगै उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।