लुम्बिनी मेडिकलले कोभिड सेण्टर सञ्चालन गर्ने

बुलेटिन संवाददाता
१७ जेष्ठ २०७७, शनिबार १७:२८

पाल्पा ।
लुम्बिनी मेडिकल कलेजले कारोना पोजेटिभका विरामीको लागि कोभिड सेण्टर सञ्चालन गर्ने भएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका बिरामीहरू नेपालमा बढीरहेको अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी मेडिकल कलेजले ९० देखि १०० जना क्षमताको कोरोना पोजेटिभका विरामी राख्ने कोरोना सेण्टर स्थापना गर्न लागेको हो ।

कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरलले देशभर संक्रमितको संख्या बढीरहेको सन्दर्भमा संक्रमण रोकथाम गर्ने सामाजिक उत्तरदायित्वलाई मध्यनजगर गर्दै अस्पतालले कोभिड सेण्टर सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले प्रदेस ५ अन्तरगत रहेको लुम्बिनी मेडिकल कलेजले भविष्यमा आउन सक्ने थप चुनौतिलाई दृष्टिगत गर्दै यस क्षेत्रमा कोभिड सेण्टर स्थापना गर्नुपर्ने महसुस गरी प्रदेस ५ सरकारको सामाजिक विकाश मन्त्रलाय र पाल्पा जिल्लाको सीसीएमसीको नेतृत्वमा लुम्बिनी मेडिकल कलेजले निश्चित अवधिको लागि भौतिक पूर्वाधार अन्र्तगत भवन तथा त्यसमा रहेको सरसामान आवश्यकताको आधारमा विशेषज्ञ प्राविधिक सेवा उपलब्ध गराउने मनसायले कोभिड सेण्टर सञ्चालन गर्न लागिएको बताउनुभयो ।

अध्यक्ष पोखरलले राज्यको सपोर्टको लागि अस्पतालले कोभिड सेण्टर सञ्चालन गर्न लागेको जानकारी दिदैँ आरडीटी पोजेटिभ संक्रमितको पिसीआर रिपोर्ट नपठाउञ्जेल आइसोलेसनमा राख्ने र पिसिआर रिपोर्ट पोजेजिभ आएपछि कोरोना सेण्टरमा संक्रमित राखेर विश्वसनीय सेवा दिने जनाउनुभयो । अस्पतालका कम्पनी सचिव निर्दोश खनालले लुम्बिनी मेडिकलले कोरोना संक्रमणको समयमा विशेषज्ञ सेवा सञ्चालन गर्ने मनसायका साथ सरकारको प्रतिनिधित्वमा सपोर्टका रूपमा सेवा पु¥याउने जानकारी दिनुभयो ।

अस्पतालले यसबारे जानकारी दिन जेष्ठ ११ गते पत्रकार भेटघाट कार्यक्रम गरेको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष राजेशकुमार अर्यालले सरकारी निर्णय स्वीकार्दै अस्पतालले संक्रमण रोकथामका लागि अग्रसरता देखाउने उद्देश्यले कोरोना सेण्टर सञ्चालन गर्नु सकारात्मक रहेको भन्दै प्रभावकारी सञ्चालनका लागि सञ्चारकर्मीले आवश्यक सहयोग गर्ने जनाउनुभयो ।

यसैबीच लुम्बिनी मेडिकल कलेजले लकडाउनको अवस्थामा स्वास्थ्य बिमाका विरामीले कुनै पनि अस्पतालबाट रिफर लेटर ल्याउनु नपर्ने जनाएको छ । अस्पतालले विपद्को परिस्थितिमा अस्पतालले सञ्चालन गर्न लागेको कोरोना सेण्टरलाई प्रभावकारी बनाउन सकारात्मक सन्देश समुदायमा पु¥याउन सञ्चारकर्मीसँग आग्रह गरेको छ ।